मुसिकोट नगरपालिकाले युवा प्रतिभा खोजि प्रोत्सान कार्यक्रम अन्तर्गत बिचार लेखन प्रतियोगिता संचालन गर्ने भएको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय परिषद सानोठिमी भक्तपुरको मिति २०७७/१११/११ र च.न ४४४ को पत्र अनुसार युवा प्रतिभा खोजि तथा प्रोत्सान कार्यक्रम अन्तर्गत मुसिकोट नगरपालिकाले मिति २०७७/११/२५ गते बिचार लेखन प्रतियोगिता संचालन गर्ने भएको हो ।

मुसिकोट नगरपालिकाले मिति २०७७/११/१४ गते एक सूचना सार्बजनिक गरि सबै युवाहरुलाई बिचार लेखन प्रतियोगितामा सहभागी हुन सुचिकृत गरेको छ ।
उक्त प्रतियोगितामा सहभागी हुनका लागि गुल्मी जिल्ला बसी १६ वर्ष देखि २४ वर्ष सम्मका युवाहरुले आबेदन दिन सकिने छ ।
आबेदन दिनका लागि नेपाली नागरिताको प्रतिलिपि यदि नागरिता नभएको खण्डमा जन्म दर्ताको पर्तिलिपि र रु १०० आबेदन दस्तुर अनिबार्य रहने छ ।
आबेदन मुसिकोट नगरपालिको शिक्षा युवा तथा खेलकुद शाखामा गइ मिति २०७७/११/२३ गते भित्र आबेदन बुझाइसक्नु पर्नेछ ।
उक्त बिचार लेखन प्रतियोगिता रुद्रावती बहुमुखी क्यामपसमा संचालन गरिने छ । प्रतियोगिता बिहान १० : ३० देखि १ बजे सम्म संचालन हुने छ र प्रतियोगीले उक्त समय भित्रमा ‘समृद्द राष्ट्र निर्माणका लागि युवाका बिचारहरु’ शीर्षकमा बिचार लेख्नु पर्ने छ ।
उक्त पर्तियोगीतामा प्रथम हुने प्रतियोगीलै पुरस्कार नगद रु ९०००, दोश्रो हुने प्रतियोगी पुरस्कार नगद रु ७०००, तृतीय हुने प्रतियोगिलाई नहाद रु ५००० पुरस्कार प्रदान गरिने छ ।
साथै प्रथम हुने प्रतियोगिलाई लुम्बिनी प्रदेश स्तरीय कार्यक्रममा सहभागीको लागि सिफारिस समेत गरिने छ ।
थप जानकारीका लागि सुचनाको फोटो पद्नुहोस