अन्तरपालिका स्तरीय खेलकुदमा प्रथम हुन सफल गल्कोटका खेलाडीलाई सम्मान

काैरव खत्री,फागुन १८,बागलुङ
अन्तरपालिका स्तरीय खेलकुद प्रतियोगीतामा प्रथम हुन सफल खेलाडीलाई गल्कोटमा सम्मान गरिएको छ ।

स्याङ्जाको पुतलीबजारमा आयोजित अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगीतामा गल्कोट नगरपालिकाको तर्फबाट सहभागी भई प्रथम स्थान हासिल गर्न सफल खेलाडीलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।

ईन्द्रेणि युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ४ ले खेलाडिलाई सम्मान गरेको हो । कार्यक्रममा ईन्द्रेणी क्लवका सल्लाहकार सदस्य एवम् गलकोट नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष वल वहादुर खत्री,

सल्लाहकार सदस्य हेमराज गैरे, क्लवका अध्यक्ष महेन्द्र खड्का, सदस्य नविन सुवेदि लगायतले विजयि हुने खेलाडिलाई धन्यवाद व्यक्त गर्र्दै सम्पुणर् खेलाडिलाई अनुशासित

तरिकाले आफ्नो खेल प्रदर्शन गरि आगामि दिनहरुमा पनि यस्तै प्रकारले गलकोटको नाम चिनाउन को लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा गलकोट नगरपालिकाको भलिवल टिमको लागि गलकोट नगरपालिका वडा नम्वर ४ वडा कार्यालयवाट सम्पुणर् टिमलाई जर्सि सहयोग गर्नुका साथै ईन्दे्रणि युवा

क्लवद्धारा खेलाडिको हौसला स्वरुप नगद रु १० हजार रुपैँया, मायाको चिनो ले सम्मान गरिएको क्लवका अध्यक्ष महेन्द्र खड्काले वताउनुभयो ।

कार्यक्रममा भलिभल टिमको तर्फवाट टिम क्याप्टेन राष्ट्रिय खेलाडि राजु विक, टिम प्रशिक्षक सुरेन्द्र केसिले समग्र गलकोट को तर्फवाट आफुहरु सहभागि हुदा पनि कुनैपनि निकायवाट आफुहरुलाई केहि सहयोग नभएको अवस्थामा यस ईन्दे्रणि क्लवले आफुहरुलाई गरेको सम्मानले उत्साह र अझ उत्पे्ररणा मिलेको भन्दै क्लवलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम ईन्द्रेणी युवा क्लवका अध्यक्ष महेन्द्र खड्काको अध्यक्षता, सदस्य कमला अधिकारी मल्लको स्वागत तथा सदस्य ईश्वर सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय