पूर्व मन्त्री विष्टद्वारा मुसिकोटमा ८ को  वडा कार्यालय भवनशिलान्यास सम्पन्न

गोविन्द कंडेल मुसिकोट,गुल्मी । गुल्मीको जिल्लाको मुसिकोट नगरपालिका वडा नं.८ को वडा कार्यालय भवनको सिलान्यास कार्यक्रम मुसिकोट नगरपालिका वडा नं. ८ वामी मैदानमा सम्पन्न भएको छ ।

आइतवार नेपाल सरकारका पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं गुल्मी जिल्ला क्षेत्र नं. २ का प्रतिनिधी सभा सांसद गोकर्णराज विष्ट द्वारा वडा कार्यालय भवनको शिलान्यस कार्यक्रम भएको हो ।

वहु-वर्षिय योजना अन्तर्गत निर्माण हुने उक्त वडा कार्यालयको प्रशासनिक भवनका लागी यस वर्ष सांसद विकास कोष अन्तर्गत विनियोजित रकम रू ३० लाखको काम हुने वडा नं. ८ का वडा अध्यक्ष नारायण सापकोटाले सेरोफेरो नेपाललाइ जानकारी दिनु भयो ।

शिलान्यास कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अथिति समेत रहनु भएका सांसद विष्टले समयमै यसको ठेक्का टेन्डर प्रक्रिया अगाडी वढाइ कार्य सम्पन्न गर्न र जती सक्दो छिटो सुविधा सम्पन्न भवनबाट सेवा प्रदान गर्न आग्रह समेत गर्नु भयो ,

साथै वडा कार्यालय भवन निर्माण कार्य सम्पन्न गर्नका लागी आवश्यक पर्ने थप वजेटको व्यवस्थाका लागी आफुले सहजिकरण गर्ने वताउनु भयो ।

वडा नं. ८ को कार्यालयले हाल साविक वामी गा.वि.स.को पुरानो भवनबाट प्रशासनिक सेवा प्रदान गर्दै आइरहेको छ ।

सिलान्यास कार्यक्रम मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाको अध्यक्षता तथा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।- सेरोफेरो नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय