क्लवले गरेका कामको प्रशंशा गर्दै गोकर्ण विष्टद्वारा सहयोग गर्ने प्रतिवद्दता

विष्णुप्रसाद आचार्य भुवन काफ्ले गुल्मी नबखबर गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ वामी मैदान स्थित सुर्योदय युवा क्लवको समापन समारोहमा नेपाल सरकारका पुर्व मन्त्री तथा वर्तमान सङ्घिय साम्सद गोकर्णराज विष्टले सक्दो सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको छ ।

क्लवले विगतका दिनहरुमा पनि विभिन्न ऐतिहासिक कामहरु गर्दै आएको भन्दै सामाजिक काम गर्ने उक्त क्लवलाई खुलेर सहयोग गर्ने उहाले उद्घोष गर्नुभयो शुक्रबारदेखि सुरु भएको क्लवको कार्यक्रममा विभिन्न रोमान्चक कार्यक्रमहरु सन्चालन भएका थिए । सोहि कार्यक्रममा कलाकारहरु लालुमाया कुवर, ओम सेन्चुरी,कमल वराल र धनमाया राना लगायतको सांगीतिक प्रस्तुति रहेको थियो भने समापन आइतबार भएको हो ।

क्लवको २७ औं वार्षिक उत्सवको अवसरमा गरिएको कार्यक्रममा पुरस्कारको सौजन्य गर्ने सौजन्यकर्ताहरुलाइ समापन समारोहका प्रमुख अतिथी नेपाल सरकारका पुर्व

मन्त्री तथा वर्तमान संघीय साम्सद गोकर्णराज विष्टद्वारा सम्मान गरिएको क्लवका अध्यक्ष सन्दिप खत्रीले नबखबरलाइ जानकारी दिनुभयो। प्रथम पुरुस्कार सौजन्यकर्ता मसिकोट नगरपालिका ७

वामी स्मालीथान निबासि हाल जापनलाई कर्मथलो बनाउनुभएका क्लबका शुभचिन्तक समाजसेबिखेलप्रेमि विष्णु मल्ल ठकुरीले यस क्लबको भलिबल तर्फ को प्रथम पुरुस्कार २५ हजार पाच सय पच्चिस प्रदान गर्नुभएको हो ।

त्यस्तै दोस्रो पुरुस्कार सौजन्य मुसिकोट न पा ८ निवासि हाल जापनलाई कर्मथलो बनाउनुभएका क्लबका पुर्ब खेलाडि समाजसेवि थम्मन रायमाझि बाट रु १५ हजार ५ सय१५

सहयोग भएकोले उहाहरुको सहयोगको उच्च सम्मान गर्दै उहाहरुलाइ सम्मान गरिएको क्लवले जानकारी दिएको छ ।

साथै अन्य सहयोगीहरुलाई पनि सम्मान गरिएको थियो
भलिबल खेलको लागि जम्मा १६ खेल समुहले नाम दर्ता गराएकोमा आयोजक सुर्योदय युवा क्लव मुसिकोट ८ वामी मैदान प्रथम भएको छ भने वसन्त युवा परिवार रिघा मनेवाले दोश्रो स्थान हात पारेको क्लवले बनाएको छ ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटा बोल्दै क्लवद्वारा गरिएका कामको प्रशंशा गर्दै आउदा दिनहरुमा पनि यस्तै कामको अपेक्षा सहित सक्दो सहयोगको लागि प्रतिवद्द भएको उल्लेख गर्नुभएको थियो

कार्यक्रममा प्रमुख प्रशाशकिय अधिकृत खिमानन्द भुषाल , नगर खेलकुद विकाश संयोजक विमल छंतेल लगायतको उपस्थिति रहेको थियो ।

वडाध्यक्ष नारायण सापकोटाको स्वागत मंताव्यासंग्गे सुरु भएको कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष सन्दिप खत्रीको रहेको थियो भने संचालन क्लवका सल्लाहकार ज्ञानहरि सापकोटाले गर्नुभएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय