रेसुङ्गा नगरपालिका द्वारा सय दिनको लागि २४१ जनालाइ  रोजगार प्रदान

अनिष पन्थी गुल्मी गुल्मीको जिल्लाको रेसुंगा नगरपालिकाले नगरपालिका भित्र रहेका अति विपन्न २४१ जनालाई १०० दिनको लागि रोजगार प्रदान गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत नगरभित्र आर्थिक अबस्था कमजोर भएका २४१ जनालाई सय दिनको रोजगार प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताएका छन।

रेसुङ्गा नगरपालिकाका १४ ओटै वडाबाट बेरोजगार रहेको र रोजगारका लागि निबेदन दिएकाहरुबाट अति विपन्नहरुलाई सय दिन बराबरको रोजगारी प्रदान गर्ने गरी छनोट गरिएको नगरपालिकाले जनाएको छ ।

छनोट भएका २४१ जनालाई अभिमुखीकरण तालिम पश्चात सुरक्षाका लागि आवश्यक सामाग्री , गैटी ,बेल्चा लगायतका औजारहरु प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

रोजगार पाएका व्यक्तिहरुले प्रत्येक वडाका बिकास निर्माणका आयोजनाको काम , सडक मर्मत , नाली खन्ने लगायतका कामहरुमा लगाइने रेसुङ्गा नगरपालिका ले

जानकारी दिएको छ साथै उनीहरुको पारिश्रमिक बैङक खाता खोली खातामा जम्मा गरिदिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय