काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमत समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गर्नुभएको छ ।
शनिबार आयोजित नेकपा प्रचण्ड–माधव समूह समर्थक शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहनु भएको बताउनुभएको छ ।
कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै माग्नुभएको उल्लेख गर्दै अहिले फेरि
ओलीलाई सुधार्न उहाँले नै कोसिस गरिरहनु भएको तर आफूले ‘
बालुवा पेलेर तेल निस्किदैन तर पनि कोसिस गर्नुस्’ भनेको बताउनुभयो ।
अध्यक्ष नेपालले अब केपी ओलीसँग एकताको कुनै सम्भावना नभएको पनि स्पष्ट पार्नुभएको छ । उहाँले ओली प्रवृति विरुद्धको आन्दोलनमा सहभागी भएकाहरुबीच सहकार्य गरेर अगाडि बढ्ने पनि बताउनुभयो ।प्रधानमन्त्री केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन ।
कुनै भ्रममा नपर्नुस् । केपी ओलीका मानिसहरुको आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ छैन ।
बाम लगाएर आँशु निकाल्छन् र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन् ।’ उहाँले भन्नुभयो, ‘त्यसो भएकोले तपाईंहरु यस्ता कुराको भ्रममा नपर्नुस् । बरु आन्दोलनमा सहभागी भएकाहरुलाई साथमा लिएर जाऔं र संयुक्त सरकार बनाऔं ।’
अहिले प्रतिनिधि सभा पुन:स्थापना भएपनि पुरै लडाई जित्न बाँकी रहेको पनि अध्यक्ष नेपालले बताउनुभयो । केपी ओलीलाई पूर्वएमालेको कुनै माया नभएको पनि अध्यक्ष नेपालले बताउनुभएको छ ।
ओलीले अहिले मदनभण्डारी फाउण्डेसनको गुट चलाएको आरोप समेत अध्यक्ष नेपालले लगाउनुभयो ।उहाँले भन्नुभयो ‘केपी ओलीलाई एमालेको कुनै माया छैन । कम्युनिष्ट पार्टीको कुनै माया छैन ।
केपी ओली भनेको मदन भण्डारी फाउण्डेसन गुटको नेता हुन् ।’