बिभिन्न जिल्लाका सीडीओहरुको सरुवा

काठमाडौँ गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । शुक्रबार बसेको गृहमन्त्रीस्तरीय बैठकले उनिहरुको सरुवा तथा पदस्पथापनगरेको हो ।

सरुवा हुनेमा ३५ भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी, केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि रहेका छन् ।सरुवा हुनेमा सिन्धुली, कास्की, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, दैलेख, सुनसरी,इलाम, सल्यान,

कैलाली, उदयपुर, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला

अधिकारी साथै काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलाल पनि रहेका छन् ।

यो पनि पढ्नुहोस् सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनः स्थापना गरेपछि देशभर नागरिकहरु

खुसी का साथै ठाउँठाउमा दिप प्रज्वलन गरेका छन । यस्तै गुल्मीमा पनि यहि खुसियालीमा मंगलबार साझपख जिल्ला प्रशासन कार्यलय अगाडि दीप प्रज्वनल गरिएको छ ।

कार्यक्रममा नेकपा प्रचण्ड–माधव समूहका नेता कार्यकर्ता, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी,

जनमोर्चा , नागरिक समाज लगायतले दीपावली गरेका हुन्।

उनीहरुले नेपाली जनताको पक्षमा न्यायालय रहेको अनुभूति भएको बताएका छन्।

पुस ५ गते वर्तमान नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनपछी टोलटोलमा अनेक

अड्कलबाजी चलिरहेका बेला सर्वोच्च अदालतले न्यायको अनुभूति दिलाएको भन्दै देशका अधिकांश ठाउमा दीप प्रज्ज्वलन गरिएको हो

सोहि अवसरमा गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ मा पनि दीप प्रज्ज्वलन गरिएको त्यहाबाट सन्दिप खत्रीले नबखबरलाई जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय