क्लवको समापन समारोहमा पुर्व मन्त्री गोकर्णराज विष्ट मुसिकोट आउदै

विष्णुप्रसाद आचार्य गुल्मी/नबखबर गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ वामी मैदान स्थित सुर्योदय युवा क्लवको समापन समारोहमा नेपाल सरकारका पुर्व मन्त्री तथा वर्तमान सङ्घिय साम्सद  गोकर्णराज विष्ट मुसिकोटमा आउनुहुने भएको छ ।

शुक्रबारदेखि सुरु भएको क्लवको कार्यक्रममा विभिन्न रोमान्चक कार्यक्रमहरु सन्चालन भैरहेका छन । कार्यक्रमको समापन आइतबार हुने गरि कार्यतालिका बनाइएको क्लवले बताएको छ ।क्लवको  २७ औं वार्षिक उत्सवको अवसरमा गरिएको कार्यक्रममा पुरस्कारको सौजन्य गर्ने सौजन्यकर्ताहरुलाइ समापन समारोहका प्रमुख अतिथी नेपाल सरकारका पुर्व

मन्त्री तथा वर्तमान संघीय साम्सद गोकर्णराज विष्टद्वारा सम्मान गर्ने कार्यक्रम रहेको क्लवका अध्यक्ष सन्दिप खत्रीले नबखबरलाइ जानकारी दिनुभयो ।प्रथम पुरुस्कार सौजन्यकर्ता मसिकोट नगरपालिका ७

वामी  स्मालीथान निबासि हाल जापनलाई कर्मथलो बनाउनुभएका क्लबका शुभचिन्तक समाजसेबि

खेलप्रेमि विष्णु मल्ल ठकुरीले यस क्लबको भलिबल तर्फ को प्रथम पुरुस्कार २५ हजार पाच सय पच्चिस प्रदान गर्नुभएको हो ।

त्यस्तै दोस्रो पुरुस्कार सौजन्य मुसिकोट न पा  ८ निवासि हाल जापनलाई कर्मथलो बनाउनुभएका क्लबका पुर्ब खेलाडि समाजसेवि थम्मन रायमाझि बाट रु १५ हजार ५ सय१५

सहयोग भएकोले उहाहरुको सहयोगको उच्च सम्मान गर्दै उहाहरुलाइ सम्मान गर्न लागिएको क्लवले जानकारी दिएको छ ।

भलिबल खेलकोलागि जम्मा १६ खेल समुहले नाम दर्ता गराएको पनि क्लवले बनाएको छ ।

सो कार्यक्रममा आम खेलप्रेमी तथा सङ्गितप्रेमिहरुलाइ उपस्थितिको लागि आह्वान समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय