मुसिकोट नगरपालिकामा नगरप्रमुख सङ्ग प्रत्यक्ष रुपमा युवाहरूको सवालजवाफ हुँदै

विष्णुप्रसाद आचार्य/भुवन काफ्ले/मुसिकोट गुल्मी/नबखबर गुल्मीको मुसिकोट नगरपालिकामा नगरप्रमुख सोमनाथ सापकोटासङ्ग प्रत्यक्ष रुपमा सवालजवाफ हुने भएको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर १ पौदी अरेवा स्थित विसौनामा हुने क्लवद्वारा आयोजित विविध कार्यक्रमको अवसरमा यस्तो गर्न लागिएको अनुरोध प्रगतिशिल युवा क्लवका सम्योजक शक्तिराज घिमिरेले नबखबरलाइ जानकारी दिनुभयो ।

अनुरोध प्रगतिशिल युवा क्लवले प्रत्येक वर्ष शिवरात्रीको अवसरमा विविध खेलकुद तथा बौद्धिक र सास्कृतिक कार्यक्रम गर्दै आएको छ ।क्लबले कोरोना महामारीको बेला पनि विभिन्न सचेतना तथा सहयोग र उद्दारका कामहरु गर्दै आएको छ ।

कार्यक्रमको अवसरमा गर्न लागिएको  नगरप्रमुखसङ्ग सवालजवाफ कार्यक्रममा स्थानिय सरकारको रुपमा मुसिकोट नगरपालिका स्थापना भएपछी

नागरिकको अपेक्षा अनुसार के कति अपेक्षा पूरा भए वा भएनन, विकासका विभिन्न

कामहरुको तुलनात्मक प्रगति भयो कि भएन ? नभएको अवस्थामा किन भएन ??लगायतका विषयमा अन्तरक्रिया हुने घिमिरेले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर हुदा हुँदै पनि प्रत्येक वर्ष उत्कृष्ट र भव्य कार्यक्रम गरि सस्कृतिको बचाउमा इटा थप्दै आएको क्लवको लागि नगरपालिकाले विभिन्न सहयोगका आश्वासन दिएपनी अहिलेसम्म कुनै सहयोग प्राप्त

नभएकोले यस वर्षको कार्यक्रममा गुनासो नरहने गरि क्लवका मागहरु पूरा गर्न लागेको सापकोटाले प्रतिवध्द्ता व्यक्त गर्नुभएको क्लवले जनाएको छ ।

स्थानिय सरकारको रुपमा मुसिकोट नगरपालिका आएपछी यस भेगका आम युवाहरु विदेस जानबाट रोक्नलाइ के कस्ता प्रयासहरु भए वा भएनन? आम नागरिकको जिवनस्तर के कति सुधार भयो वा भएन ?

शिक्षा,स्वास्थ्य,खानेपानी,विद्युत ,खेलकुद ,सडक,बसाइँसराइ जस्ता विषयमा आम युवाहरुको गुनासो र नगरप्रमुखको जवाफलाइ चासोको रुपमा हेरिएको क्लवका अध्यक्ष मृगेन्द्र हितानले जानकारी दिनुभयो ।

क्लवको आफ्नो २१ औं वार्षिकोत्सबको अवसरमा भलिबल प्रतियोगिता,रेकर्ड डान्स,स्लो बाइक रेस र घैटो फोर लगायत रोमान्चक कार्यक्रमको आयोजना गरिएको क्लवका सचिव पृथ हितानले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय