नेपाली काङ्ग्रेस सरकारमा जान हतारिनु हुदैन – नेता खिलध्वज पन्थी

विष्णुप्रसाद आचार्य /प्रकाश घिमिरे /गुल्मी /नबखबर नेपाली काङ्ग्रेस गुल्मीका सचिव खिलध्वज पन्थिले वर्तमानको अवस्थामा नेपाली काङ्ग्रेस सरकारमा जान हतार गर्न नहुने धारणा व्यक्त गर्नुभएको छ ।

नेपाली काङ्ग्रेसद्वारा प्रतिनिधिसभा पुनर्स्थापनाको शुभकामना आदानप्रदान एवम धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै पन्थीले यस्तो उदघोष गर्नुभयो ।नेपाली काङ्ग्रेस मुसिकोट नगरकार्य समितिको आयोजनामा प्रतिनिधिसभा पुनःस्थापनाको शुभकामना आदानप्रदान एवम  धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

सोही कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस गुल्मीका सचिव पन्थीले नेकपाले नगरिकद्वारा सम्मानित मत पाएर नागरिकलाइ नै धोका दिएर उत्पन्न भएको परिस्थिमा काङ्ग्रेसले सत्तामा जानको लागि हतार गर्न नहुने धारणा व्यक्त गर्नुभएको हो ।

दुई फरक फरक पार्टी एमाले र माओवादी देशको सम्वृद्दिको लागि नभएर आफ्नो स्वार्थको लागि एकठाउमा भएकोले

राज्यको संविधानमाथि हेलचेक्र्याइ गरेर आफुखुसी अगाडि बढेकोले वर्तमानको अवस्था सिर्जना भएको समेत उहाले उद्घोष  गर्नुभयो ।

नेपाली काङ्ग्रेस आफैमा बलियो भएकोले नेकपाले फालेको जालमा फस्न नहुने पनि उहाको धारणा रहेको थियो ।

अहिले काङ्ग्रेस प्रतिपक्षीको रुपमा रहनको लागि जनताले  सोही अनुसार मत दिएकोले तत्काल सत्ताको लोभमा पर्न नहुने पनि बताउनुभयो ।

तर देश दुर्घटनामा पर्न लागेमा देशको स्वाभिमान बचाउन सधै तयार रहनुपर्ने उहाको भनाइ रहेको थियो ।

विगतमा नेकपाले काङ्ग्रेसलाई गाली गरेर नानाथरिका भजन गाएर जनताको मत पाएतापनी त्यसलाइ सम्मान गर्न नसकेको स्पस्ट पार्नुभयो ।

सोही प्रसङ्गमा उहाले गुल्मीका नेकपाका नेता धेरै पटक सत्ताको शक्तिमा पुगेपनी गुल्मेलिलाइ कुनै कुराको सुविधामा गर्व गर्न सक्ने ठाउँ  बनाउन  नसकेको बताउनुभयो ।

अहिलेपनि रिडिरुद्रवेणी वामी सडकखण्डको चुनावी नारा लगाउन नछोडेको र सोझा जनतालाइ ठगेर कुनै परिणाम दिन नसकेकोप्रती दुख प्रकट गर्नुभयो ।

सोही प्रसङ्गमा नेता पन्थीले  काङ्ग्रेसहरु नै वेलावेलामा  आफ्नो धरातल विर्सने गरेकोले कम्युनिस्टले त्यसको धेरै फाइदा लिएको पनि बताउनुभयो । काङ्ग्रेस काङ्ग्रेस नै भएर बस्न सक्ने हो भने कहिल्यै शीर झुकाउन नपर्ने पनि उहाले धारणा व्यक्त गर्नुभयो ।

कम्युनिस्टले ५ वर्षको लागि सत्ता सन्चालनको जनमत पाएपनी अनावश्यक ठुला सपना बाडेर जनतालाइ सपनामै भुलाउने काम गरेको  समेत उहाले प्रसङ्ग जोड्नुभएको  थियो ।

कार्यक्रममा नेपाली काङ्रेस जिल्ला सदस्य धिरेन्द्र केसि,सङ्गठन विभाग प्रमुख लिलाधर आचार्य,पुर्व जिल्ला सचिव हरिनारायण सापकोटा,पुर्व जिल्ला सदस्य फन बहादुर रायमाझी ,क्षेत्रीय सदस्य गुप्त बहादुर कार्की,

नेता बुद्दि प्रसाद खराल,डिल बहादुर घर्ती,नगर भित्रका सम्पुर्ण वडा सभापति तथा पदाधिकारीहरु,भात्री सस्थाका प्रमुख तथा प्रतिनिधिहरु,शुभेच्छुक सस्थाका प्रमुख तथा प्रतिनिधि ,कृयाशिल सदस्यहरु तथा सक्रिय कार्यकर्ताहरुको उल्लेख्य उपस्थित रहेको थियोे ।

उपस्थित सदस्यहरुले अहिले काङ्ग्रेस सत्तामा गएर आफ्नो गरिमा नघटाउन आग्रह समेत गरेका थिए ।

कार्यक्रममा केही समय अगाडि नेकपा परित्याग गरि काङ्ग्रेसमा प्रवेश गरेका केही नवप्रवेशिहरुलाइ प्रमुख अतिथि समेत रहनुभएका पन्थीले टीका र खादा लगाएर सम्मान तथा स्वागत गर्नुभएको थियो ।

सम्बिधान नै मेट्न खोज्ने केपि ओलिलाइ समर्थन गरेर आफ्नो नैतिकता गुमाउन नहुनेमा सम्पुर्णको आवाज रहेको थियो ।

छाया सरकार प्रमुख झबिलाल भन्डारिको स्वागत मन्तब्य सङ्गै सुरु भएको कार्यक्रममा नगर सभापति सुदर्शन शाक्यको सभापतित्व रहेको थियो भने सन्चालन ने का वडा नम्बर ७ वामिका सचिव तेजिन्द्र बहादुर जिसिले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय