मुसिकोट मैदानको सुर्योदय युवा क्लवको वार्षिक उत्सवका रोमान्चक  कार्यक्रम सुरु

गोबिन्द कंडेल, मुसिकोट गुल्मी सुर्योदय युवा क्लव मुसिकोट नगरपालिका वडा नं. ८,वामीमैदान गुल्मीले आफ्नो २७ औ वार्षिकोत्सवको अवसरमा आज देखी वामीमैदानमा खुल्ला पुरुष भलिवल प्रतियोगिता र साँस्कृतिक कार्यक्रमको सुरूवात गरेको छ ।

सुर्योदय युवा क्लवका अध्यक्ष सन्दिप खत्रीले दिएको जानकारी अनुसार खुला पूरूष भलिवल तर्फ १६ टिमले सहभागीताको लागी नाम दर्ता गराएका छन ।खुला पूरूष भलिवल कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अथिती मुसिकोट नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष नारायण सापकोटाले आज एक कार्यक्रमका विच गर्नु भयो ।

उद्घाटन कार्यक्रममा प्रमुख अथितिका अतिरिक्त विशिष्ट अथिति खेलकुद विकास समिति गुल्मीका पूर्व अध्यक्ष गोविन्द वहादु वि.क.,वामी सेवा समिती जापानका महासचिव गोकुल खत्री, शारदा विद्या मन्दिर

माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानहरी सापकोटा, सोही विद्यालय शि.अ.संघ अध्यक्ष मित्रलाल सापकोटा लगायतको बिशेष उपस्थिती रहेको थियो ।

उक्त खुला पुरूष भलिवल प्रतियोगिता सन्चालनका लागि लुम्बिनी प्रदेश स्तरिय रेफ्री द्वय नबीन छन्तेल र शोम दर्लामीले सहजिकरण गरी रहनु भएको ।

फागुन १४ देखि १६ सम्म वामीमैदानमा सञ्चालन हुने उक्त कार्यक्रम अन्तर्गत भलिवल खेल आज देखी शुरू भएको र फागुन १६ राष्ट्रिय कलाकार हरूको साथमा विविध सांगितीक प्रस्तुति समेत रहने’ क्लवले जनाएको छ ।

खुल्ला पुरुष भलिवलका बिजेता टिमले २५ हजार ५ सय २५ र उप बिजेताले १५ हजार ५ सय २५ नगदका साथै मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।यसै गरि खेलमा उत्कृष्ट र अनुशासित खेलाडि लाई समेत १ हजार ५ सय नगद, प्रमाण पत्र र मेडल प्रदान गरिने वताइएको छ ।

आजको उद्घाटन कार्यक्रम सुर्योदय युवा क्लवका अध्यक्ष सन्दिप खत्रीको अध्यक्षता, सक्रिय सदस्यहरू कमल वराल र युवराज वि.क.को सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय