गुल्मी कोरोना मुक्त जिल्ला बन्न सफल, संक्रमितको संख्या शुन्य

अनिष पन्थी,गुल्मी फागुन १३,२०७७ गुल्मी : गुल्मी जिल्ला कोरोना संक्रमणमुक्त भएको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेपछि गुल्मी संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

जिल्लामा हाल होम आइसोलेसनमा बस्नेहरुको संख्या शून्य रहेको छ गुल्मीमा ९ सय ५२ जना कोरोनामुक्त भएर घर

फर्केका छन् जिल्लामा हालसम्म ५ हजार ९६१ जनाको कोरोना परीक्षण

गरिएकोमा ९६५ जनामा संक्रमण पुष्टि भएको थियो ।

गुल्मीमा हालसम्म कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ।जिल्लामा हाल भने कोरोनाविरुद्धकोे खोप लगाउने दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय