मुसिकोटमा भ्रष्टाचारको आरोप लागेपछि वडाकार्यालयद्वारा बिज्ञप्ति सार्वजनिक

विष्णुप्रसाद आचार्य/भुवन काफ्ले/नबखबर/ गुल्मीगुल्मीको मुसिकोट नगरपालिकाको कडा नम्बर ८ को वडा कार्यालयद्वारा बिज्ञप्ति सार्वजनिक गरिएको छ ।

फागुन १ गते मुसिकोट नगरपालिका वडा नम्बर ८ स्थित वामी पुरानोगाउमा नेपाली काङ्ग्रेसद्वारा आयोजित कार्यक्रममा विभिन्न भ्रामक प्रचारहरु भएको भन्दै वडा नम्बर ८ को कार्यालयको त्यसप्रतीध्यानाकर्षण भएको वडाध्यक्ष नारायण सापकोटाले नबखबरलाइ जानकारी दिनुभयो ।

साथै यस सम्बन्धमा वडा नम्बर ८ ले बिज्ञपति समेत सार्वजनिक गरेको हो ।बिज्ञप्तिमा एक घर एक धारा खानेपानी आयोजना असफल बनाउनको लागि

विभिन्न अनावश्यक कुराहरु गरेर काङ्ग्रेसले विकासलाई रोक्न खोजेको समेत उल्लेख गरिएको छ ।

साथै सोही कार्यक्रममा आर्थिक लेनदेनले पनि उक्त कुरालाइ प्रष्ट्याएको दाबी गरिएको छ ।

पार्टी प्रवेश कार्यक्रममा काङ्ग्रेसले वडा कार्यालयलाइ यस्तो भाषा प्रयोग गरेर गाली गर भनेर सिकाएकोले स्थानियले त्यस्तो भाषा प्रयोग गरेको वडा कार्यालयले दाबी गरेको छ ।

विभिन्न योजनाका कामको जानकारी लिनका लागि सम्बन्धित उपभोक्ता समुहसङ्ग सम्पर्क गर्नुपर्नेमा विकासका आयोजनाहरु जति सन्चालनमा रहेका छन

ती आयोजनाहरुलाइ असफल पार्न सकिन्छ भन्ने मनसायका साथ यस्ता काम गरेको सापकोटाले बताउनुभयो ।

खानेपानीको विषयमा छलफल गर्नुपर्ने छ भनेर बोलाउने र पार्टी प्रवेशको काम गर्ने काम गरेर जनतालाइ झुक्याएको सार्वजनिक गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

वडा नम्बर ८ मा धेरै विकास र एकताको उदाहरण प्रस्तुत हुने गरि काम भएकोले यस्तो एकता,उत्साह गतिशीलता,लगनशिलता, विकाशलाई खलबल्याउन खोजेको र त्यसमा आफुहरु दुखी भएको सापकोटाको भनाइ छ ।

यो पनि पढ्नुहोस्
बुटवल । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपा ओली समूह र कांग्रेस गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे एजेण्डा मिल्ने भएकाले नयाँ सत्ता समीकरणमा ओली र कांग्रेसको गठबन्धन बन्ने सिंहको भनाइ छ ।प्रगतिशील पत्रकार संघ रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै एमसीसी पारित गर्ने पक्षमा रहेको बताए ।

एमसीसी पारित गराउन ओली समूह र कांग्रेसको सरकार बन्ने सम्भावना छ,’ सिंहले भने, ‘एमसीसी पारित भए नेपाल अमेरिकी सैन्य अखडा हुन्छ, त्यसैले पारित हुन नदिन त्यतातिर ध्यान दिनुपर्छ ।’

अब नेपालमा भारत, अमेरिका लगायत विदेशी शक्तिको चलखेल बढ्ने सिंहले बताए ।

संसद विघटनले नेपालमा भारत–अमेरिका पक्ष बलियो र चीन पक्ष कमजोर भएको सिंहको विश्लेषण छ ।

‘राजनीतिक अस्थिरताको कारक ओली’

प्रधानमन्त्री ओलीमा नैतिकता भए तत्काल राजीनामा दिनुपर्नेसमेत उनले बताए । ‘नैतिकता भए ओलीजीले राजीनामा दिनुपर्छ, तर अहिले उहाँमा नैतिकता देखिएको छैन,’ महामन्त्री सिंहले भने ।

प्रतिनिधिसभा पुनर्स्थापनाले संविधान थप बलियो र विश्वसनीय भए पनि राजनीतिक अस्थिरता भने बढ्ने उनले अनुमान गरे । राजनीतिक अस्थिरताको कारक भने स्वयं ओली नै रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय