काठमाडौँ वामदेव गौतमले नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रचण्डलाई प्रस्ताव गरेका छन् ।
गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाई नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका हुन् ।नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला बिहीबार उपाध्यक्ष गौतम बिहान सात बजे प्रचण्ड निवास खुमलटार पुगेर उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको स्रोतको दावि रहेको छ ।
भेटमा गौतमले ओलीलाई अपमान महसुस नहुने गरी प्रधानमन्त्रीबाट विदा गरेमात्र नेकपा एकताबद्ध भइराख्न मद्दत पुग्ने बताए। ‘वामदेव कमरेडको प्रस्तावमा प्रचण्ड कमरेड पनि सकारात्मक हुनुहुन्छ,
गौतम निकट नेता ताज मोहम्मद मियाले भने एकताको वातावरण बनाइराख्नका लागि सक्रिय हुन पनि प्रचण्डले भन्नु भएको छ ।’
नेकपा दुई खेमामा बिभाजित भएको बेला गौतम तटस्थ बसेर पार्टी एकताको पहल गर्दै आएका छन् ।
उनले बुधबारमात्रै विज्ञप्ति प्रकाशित गरी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई पार्टी एकताको पहल गर्न आग्रह गरेका थिए ।
सर्वोच्च अदालतले संसद विघटनको कदम खारेज गरिदिएपछि प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने र पार्टी कार्यालय
धुम्बाराहीमा सचिवालय बैठक बोलाएर पछिल्लो परिस्थितिबारे छलफल गर्नुपर्ने धारणा गौतमले राख्दै आएका छन् ।
न्यू सञ्चारको सहयोगमा