केन्द्रीय विद्युत बाल्ने भएपछी गाउबसी हार्सित

बागलुङ : नेपाल विद्युत प्राधिकरणले पहिलो पटक गलकोट नगरपालिका वडा नम्बर १० पाण्डवखानीमा केन्द्रीय विद्युत सेवा सुचारू गरेको छ ।

लामो समयदेखि लघु जलविद्युतको भरमा गुजारा गर्दै आएका पाण्डवखानीबासी पहिलो पटक केन्द्रीय विद्युत बलेपछि हर्षित भएका छन् । केन्द्रीय विद्युतको आगमनले मन नै उज्यालो बनाएको छ ।

भौगोलिक विकटतासँगै लघु जलविद्युत मर्मत सम्भारमा पटक–पटक हुने समस्याले गर्दा लामो समयदेखि हैरानी खेप्नु परेको

स्थानीय व्यवसायीक देवनारायण श्रीसले बताए ।

स्थानीयले सामूहिक लगानीमा निर्माण गरेको लघु जलविद्युतमा भोल्टेजको क्षमता कम

हुनुका साथै नियमित नहुँदा उद्योग, व्यवसायमा समस्या झेल्दै आएका थिए ।

अब समस्या हट्ने स्थानीय दिपक घर्तीले बताए । ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत विद्युतीकरण गरिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिए ।

दुरदराजका जनतालाई विद्युत सेवा उपलब्ध गराउँदै उपभोक्ताको दैनिकीमा सहजता ल्याउने कार्यमा विद्युत प्राधिकरणले आफ्नो कार्यलाई निरन्तरता दिएको उनको भनाई छ ।

आवश्यकता अनुरूप ट्रान्सफर्मर, पोलसँगै अन्य विद्युतिय सामग्री व्यवस्थापन गरिने नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका सुपरभाइजर रेशम गौतमले जानकारी दिए ।

केन्द्रीय विद्युतको पहुँच पुगेसँगै अब स्थानीय श्रोत र साधनको सदुपयोग गर्दै जनतालाई आर्थिक सम्वृद्धिमा जोड्न सहज हुने गलकोट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्तीले बताए ।

‘यस्ता कार्यमा वडाले आवश्यक सहयोग गर्ने छ, केन्द्रीय विद्युत यहाँका जनतालाई निकै आवश्यक थियो अब भने, उद्योग, व्यवसाय सञ्चालन गर्न यसले सहयोग पुग्ने छ’ उनले भने ।

केन्द्रीय विद्युतलाई अबटोल– टोलमा विस्तारसँगै माग अनुरुप व्यवस्थापन गर्दै लैजाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।- बागलुङ पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय