गुल्मीको मुसिकोटमा केन्द्रीय प्रसारण विद्युतको उद्घाटन, मुसिकोटवासिमा खुसियाली

विष्णुप्रसाद आचार्य / भुवन काफ्ले/ मुसिकोट गुल्मी /नबखबर

गुल्मीको मुसिकोट नगरपालिकाको वामिटक्सारमा केन्द्रीय प्रसारण विद्युतलाइनको उद्घाटन गरिएको छ ।लामो समय अगाडिदेखि स्थानिय लघुजलविद्युतबाट सेवा प्रवाह भइरहेको वामिमा समय अनुसार विद्युतको माग

बढेपछी स्थानियले केन्द्रीय प्रसारण अन्तरगत वितरित विद्युतको लागि विभिन्न प्रयासहरु गरेका थिए ।विद्युतको समस्या भोगिरहेका वामिवासिमा केन्द्रीय प्रसारणको विद्युत सन्चालनमा आएपछी स्थानियमा खुसियाली छाएको छ ।अहिले बलिथुम रुटबाट सन्चालनमा आएको प्रसारण लाइनबाट सेवा सन्चालन भएपनि  रुट परिवर्तन गर्नुपर्दा

मजुवाको रुटबाट जोडेर सेवा दिने नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका सहायक  लेखापाल शक्तिराज घिमिरेले नबखबरलाइ जानकारी दिनुभयो ।

अहिले ३ वटा ट्रान्सर्फमर मार्फत काम अगाडि बढाइएको छ ।

जसमध्ये ११.०४ के.भीए अन्तरगत १०० के.भि.ए. क्षमताका २ वटा पल्टार र मन्टेपाटा  अनि ५० के.भि.ए क्षमताको सेरा १ वटा ट्रान्स्फर्मर जडान गरीएको घिमिरेले जानकारी दिनुभयो ।

यसको निर्माण कार्यको जिम्मा ग्रीड सोलार ईफिजेन्सि ईनर्जिले पाएको थियो र सोही अनुसार काम भइरहेको निर्माण कम्पनिले जनाएको छ ।

सोही अवसरमा मुसिकोट नगरपालिकाको कार्यालयमा केन्द्रीय प्रसारणको विद्युत मङ्गलबार नै जडान गरिसकिएको छ ।

बत्ती बालेर विद्युत उद्घाटन गर्ने क्रममा बोल्दै मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले मुसिकोट नगरपालिकाको वामिमा धेरै वर्षपहिलेदेखि स्थानिय विद्युतले सेवा दिइराखेको र यहाका नागरिकको माग बढेकोले पछिल्लो

समय माग अनुसार उत्पादन पुराउन कठिन भइरहेको बेला केन्द्रीय प्रसारणको विद्युतको सेवा लिदा यहाका स्थानिय स्वभावैले खुसी भएको र स्थानिय लघुजलविद्द्युतले दिएको सेवालाइ त्यत्तिकै वेवास्ता गर्न नहुनेमा उहाको जोड रहेको थियो ।

सोही अवसरमा सापकोटाले स्थानिय विद्द्युतको विषयमा पनि धेरै छलफल भएकोले त्यसलाइ कसरी व्यवस्थापन गर्ने भन्ने कुरा छिटोभन्दा छिटो  निष्कर्षमा पुगिने उहाको विस्वास थियो ।

उद्घाटनसङ्गै छलफलको क्रममा दरमखोला लघुजलविद्युत परियोजना सन्चालनका अध्यक्ष समेत रहेका अग्निधर अर्यालले विद्युतबाट बलेको बत्ती कस्तो हुन्छ भनेर पाल्पा तानसेन वा बुटवलमा जानुपर्ने अवस्थामा वामिटक्सारमा

लघुजलविद्युत परियोजना सन्चालन गर्नु सामान्य कुरा नभई त्यतिबेलाको इतिहासलाइ बिर्सन नहुने धारणा व्यक्त गर्नुभएको थियो ।
त्यस्तै एक वर्ष अगाडिदेखि काम सुरु भएपनी कोरोना महामारीका कारण काम अगाडि बढ्न नसकेपछी व्यवस्थापनमा ढिला भएको प्राधिकरणले जनाएको छ । अब भने प्राधिकरण र नगरपालिकाले सम्युक्त पहलमा शिविर

सन्चालन गरेर छिटोभन्दा छिटो प्रत्येक घरघरमा केन्द्रीय प्रसारणको विद्युत सन्चालनका लागि दुबै पक्ष सहमत रहेको नगरप्रमुख सापकोटाको भनाइ छ ।

कार्यक्रममा प्राधिकरणको तर्फबाट सहायक लेखापाल शक्तिराज घिमिरे, ईलेक्ट्रीकल फोरमेन पदम थापा, प्राबिधिक सुमन सेन ,ग्रीड सोलार ईफिजेन्सि ईनर्जि को तर्फबाट राज तिमिल्सेना लगायत प्राबधिक टोलीको उपस्थिति रहेको थियो भने नगरपालिकाको तर्फबाट नगरप्रमुख सोमनाथ

सापकोटासहित वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश काफ्ले,नेपाली काङ्ग्रेस मुसिकोटका नगर सभापति सुदर्शन शाक्य,वडा नम्बर ८ का वडाध्यक्ष नारायण सापकोटा,नेपाली काङ्ग्रेस गुल्मीका पुर्व जिल्ला सचिव हरिनारायण सापकोटा

नेकपा मुसिकोटका नगर सचिव अग्निधर लोहनी,परोपकार बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष गोपिकृष्ण खरेल,दरमखोला लघुजलविधुत परियोजनाका अध्यक्ष अग्निधर अर्याल,

सामुदायिक रेडियो पुष्पान्जली एफ एमका कोषाध्यक्ष अर्जुन सापकोटा,सुर्योदय युवा क्लवका अध्यक्ष सन्दिप खत्री,भगवती प्रा वि का प्रधानाध्यापक तेजनारायण सापकोटा

व्यवसायी अनुप लाखे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय