काठमाडौँ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलेल संसद पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा मा नेता पौडेलले लेखेका छन्–‘संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । सर्वोच्चको फैसलाले सत्यको जित भएको छ ।यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ। सर्वोच्चलाई धन्यवादवरिष्ठ नेता पौडेलेल यसअघिदेखिनै संसद पूनःस्थापना हुनुपर्ने माग गर्दै आएका थिए ।
यो पनि पढ्नुहोस् काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ ।
मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा,
सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी.
भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् ।
त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।