मुसिकोटमा सुर्योदय युवा क्लवद्वारा बृहत भलिवल तथा सास्कृतिक कार्यक्रम हुँदै

विष्णुप्रसाद आचार्य /भुवन काफ्ले/ मुसिकोट गुल्मी/ नबखबर गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ स्थित सुर्योदय युवा क्लवले बृहत् भलिवल तथा सास्कृतिक कार्यक्रम गर्ने भएको छ ।

क्लवका अध्यक्ष सन्दिप खत्रीले नबखबरलाइ दिएको जानकारी अनुसार यहि फागुन महिनाको १४,१५ र १६ गते कार्यक्रम आयोजना गरिएको छ ।बिक्रम सम्बत २०५० सालमा जिल्ला प्रशाशन कार्यालय गुल्मीमा  दर्ता भइ सामाजिक काममा सक्रिय भएको यस क्लवले विभिन्न समयमा उदाहरणीय काम समेत गर्दै आएको छ ।

हाल मुसिकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष समेत रहनुभएका नारायण सापकोटा यस सुर्योदय युवा क्लवका सस्थापक अध्यक्ष हुनुहुन्छ ।यस क्लकले विगतमा प्रत्येक वर्ष विजयादशमी तथा शुभदीपावलिको

अवसर पारेर विविध खेलकुद तथा सास्कृतिक कार्यक्रम गर्दै आएपनी यस वर्ष भने कोरोना महामारीका कारण फागुनमा सारिएको सस्थापक अध्यक्ष नारायण सापकोटाले जानकारी दिनुभयो ।

क्लवले वामी मैदानमा चौपारी निर्माण लगायत विपन्न परिवारलाइ सहयोग समेत गर्दै आएको क्लबले जनाएको छ ।

क्लवले २०६७ सालमा खड्ग निशाना कोट दरबारको प्रचारप्रसारको लागि कोट महोत्सव लगायत युवा प्रशिक्षण जस्ता कार्यक्रमलाई मुख्य चासोका साथ हेर्ने गरेको बताइएको छ ।

यस क्लवको कार्यक्रम गर्नको लागि वडा नम्बर ८ ले लगातार ३ वर्षसम्म वार्षिक एक लाख रुपियाका दरले ३ लाख सहयोग गरेको छ  र आगामी वर्षहरुमा यो रकमले निरन्तरता पाउने क्लवका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो ।

यस क्लवको २७ औं वार्षिकउत्सवको अवसरमा आयोजना गरिएको खुल्ला भलिबल प्रतियोगिता सङ्गै राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।

साङ्गितिक कार्यक्रम अन्तरगत  कमल बराल,ओम सेन्चुरी,लालुमाया कुवर र धनमाया रानाको प्रस्तुती रहने बताइएको छ भने भलिबल तर्फको टिम दर्ता फागुन १४ गते बिहान १० बजेभित्र गरिसक्नुपर्ने जसभित्र फोनबाट पनि नाम दर्ता गर्न सकिने क्लबले बताएको छ ।

१५०० रुपैयाँ दर्ता शुल्क रहेको भलिबलको प्रथम पुरस्कार २५,५२५ मेडल र प्रमाणपत्र  रहेको छ भने दोश्रो पुरस्कार १५,५१५ मेडल र प्रमाणपत्र  रहेको छ । उत्कृष्ट खेलाडी पुरस्कार १५०० मेडल र प्रमाणपत्र, अनुशाशित पुरस्कार १,००० मेडल र प्रमाणपत्र रहेको छ ।

कार्यक्रममा सम्बन्धित सबैलाइ सुचना खबर वा पत्राचार गरिएको  सन्देश समेत क्लकले जानकारी गराएको छ ।

साथै क्लकले खेल सम्बन्धि नियमहरु समेत सार्वजनिक गरेको छ । जसमध्ये खेललाइ प्रचलित नियम टिटि पद्धतिबाट खेलाइने, खेल समुहमा ८ जनाको सहभागिता हुनुपर्ने,खानाबस्नको व्यवस्था सहभागीले आफै गर्नुपर्ने,

त्यस्तै खेलमा अनिवार्य जर्सी पोशाकमा उपस्थित हुनुपर्ने, खेलको समयमा चोटपटक लागेमा खेलाडी स्वयं जिम्मेवार हुनुपर्ने,खेलमा मद्दपान सेवन गरि होहल्ला गरेमा खेलबाट

निष्कासन गरिने र अन्य केही विवाद भएमा आयोजकको निर्णय लागू हुने गरि नियमहरु सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय