काठमाडौँ । पदाधिकारी चयन गर्ने क्रममा नेकपा बहुमत पक्षका दुई अध्यक्षले नयाँ सहमति गर्नुभएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गर्नुभएको हो ।नयाँ सहमतिअनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको ५०÷५० प्रतिशत हिस्सा हुने भएको छ ।
मापदण्डअनुसार प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम् पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो,
त्यही पक्षबाट पूर्ति गरिनेछ । त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने’ मापदण्डमा भनिएको छ ।
यस्तै पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पपदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुन सदस्य संख्यामा पनि ५०/५० प्रतिशत हुनेगरी बिशेष व्यवस्था गर्न सहमति भएको छ ।
यो पनि पढ्नुहोस् विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति र सभामुखको आलोचना गरेका छन् ।
उपराष्ट्रपति नन्दबहादुर पुन सरकारविरुद्ध भाषण गर्दै हिँडेको र सभामुख अग्निप्रसाद सापकोटा झगडिया भएको उनले बताए ।नेकपा ओली समूहले शनिबार बिराटनगरमा आयोजना गरेको आमसभामा प्रधानमन्त्री ओलीले निर्वाचनको पक्षमा उभिन उपराष्ट्रपतिलाई आग्रह गरेका छन् ।
‘उपराष्ट्रपतिजी सरकारविरुद्ध भाषण गरेर हिँड्नु भएको छ,’ उनले भने, ‘म उहाँँलाई भन्न चाहन्छु, उहाँको पदले सरकारविरुद्ध भाषण गरेर हिँड्ने, संविधान मिचियो, प्रतिनिधिसभा विघटन गरेर बेठिक भयो भन्न मिल्छ ?’
चुनाव नगर्ने प्रष्टभूमिबाट आएपनि अब चुनावतिर आउनुस् भन्दै उनले व्यंग्य समेत गरे ।प्रधानमन्त्री ओलीले सरकारसँग झगडिया बनेको भन्दै सभामुखको पनि आलोचना गरेका छन् ।
संवैधानिक निकायहरुमा भएको नियुक्तिविरुद्ध सभामुख सापकोटाले सर्वोच्चमा मुद्दा हालेका छन् । त्यसतर्फ संकेत गर्दै प्रधानमन्त्रीले भने, ‘उहाँ सरकारविरुद्ध मुद्दा हाल्न कुद्नु भएको छ । सरकार विरोधी झगडिया हो सभामुख ।’
उनले अघि भने, ‘सभामुखले झगडिया हुन सुहाउँछ ? सभामुख छानेको झगडिया हुन हो ?’-अनलाईनखबर