काठमाडौं । भारतबाट आज (आइतबार) कोरोना विरुद्धको थप १० लाख डोज खोप नेपाल आइपुग्ने भएको छ।
सरकारले सेरम इन्टिच्यूट अफ इण्डियाबाट उत्पादित १० लाख डोज कोभिशिल्ड खोप ल्याउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयका अनुसार २० लाख डोज खोप खरिदको लागि सम्झौता
भएकोमा पहिलो खेपमा १० लाख डोज खोप ल्याउन लागिएको हो।एयर इण्डियाको विमानबाट आइतबार दिउँसो साढे १ बजे खोप आइपुग्ने मन्त्रालयले जनाएको छ।
उक्त खोप टेकुस्थित कोल्ड रुममा भण्डारण गरी फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन
केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यलयहरुबाट देशभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
बाँकी खोप पनि चाँडै प्राप्त हुने मन्त्रालयले जनाएको छ।