मुसिकोटमा काङ्ग्रेस प्रवेसको लहर,वामी हुद्रुङ्गकोटमा शनिबार पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विष्णुप्रसाद आचार्य /भुवन काफ्ले /मुसिकोट गुल्मी/नबखबर गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ वामी हुन्द्रुङ्गकोटमा नेकपा परित्याग गरि शनिबार नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन ।

लामो समयसम्म नेकपालाइ समर्थन गरेका हुद्रुङ्गकोटका स्थानियहरुले कम्युनिस्टहरु स्वार्थसिद्दिमा लाग्ने र सोझा जनताहरुको दुखलाइ वेवास्ता गर्ने गरेकोले सुख दुखको
साथी काङ्ग्रेस नै भएको ठहर गर्दै काङ्ग्रेसमा प्रवेश गरेको नवप्रवेशिहरुले बताएका छन ।

केही दिन अगाडि वामिकै पुरानागाउमा १५ घरपरिवार काङ्ग्रेसमा प्रवेश
गरेका थिए भने हुद्रुङ्गकोटमा शनिबार १० घर परिवार काङ्ग्रेसमा प्रवेश

गरेको नेपाली काङ्ग्रेस गुल्मीका पुर्व सचिव हरिनारायण सापकोटाले नबखबरलाइ जानकारी दिनुभयो ।

शनिनार आयोजित पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि नेकपामा हैरानी खेपेका स्थानियहरुलाइ काङ्ग्रेसमा स्वागत गरेको काङ्ग्रेसले जनाएको छ ।

उक्त कार्यक्रममा टोप बहादुर सुनार,रबिन्द्र नेपाली , गोपाल नेपाली, अमर नेपाली, गिता नेपाली,र सेते नेपाली लगायतको परिवार काङ्ग्रेसमा प्रवेश गरेका मुसिकोटका छाया सरकार प्रमुख झबिलाल भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली काङ्ग्रेस गुल्मीका पुर्व सचिव हरिनारायण सापकोटाले मुसिकोट नगरपालिकामा मात्र नभएर नेकपा सङ्ग देशभरिका नागरिकहरु हैरान भएको र देशवासिले भित्री आत्मा देखि नै काङ्ग्रेस चाहेको दाबी गर्नुभएको थियो ।

नवप्रवेशिहरुलाइ स्वागत गर्दै उहाले काङ्ग्रेसले झुट कुरा गर्न नजानेको र जे हुन्छ त्यो भन्छ, जे गर्छ त्यो भन्छ नचाहिने गलत आश्वासन बाड्ने प्रवृत्ति काङ्ग्रेसमा नरहेको उदघोष गर्नुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस मुसिकोटका छाया सरकार प्रमुख झबिलाल भण्डारि,नेपाली काङ्ग्रेस पुर्व जिल्ला सदस्य कृष्णहरि सापकोटा लगायतले बोल्ने क्रममा आफ्ना धारणाहरु प्रस्तुत गर्नुभएको थियो ।

अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रममा महाधिवेशन प्रतिनिधि ज्ञानु सापकोटा,पुर्व जिल्ला सदस्य फन बहादुर रायमाझी, गजाधर सापकोटा,रण बहादुर रायमाझी,होम बहादुर छन्तेल,रामु सुनार लगायतको उपस्थिति रहेको थियो ।

टोल समितिका सभापति ढाल बहादुर खत्रीको अध्यक्षता रहेको कार्यक्रमको सन्चालन भिमसेन केसिले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय