मुसिकोटको कुखुरा फार्ममा धमाधम कुखुरा मरेपछि व्यवसायी चिन्तामा

कालिदास खरेल मुसिकोट ९ अर्लाङ्गकोट गुल्मी गुल्मीको मुसिकोट नगरपालिका-९ ददल्कामा रहेकाे बृन्दा

पोल्टि फार्म रहेका करिब १७० अोटा कुखुरा एकैचोटि मर्दा झण्डै चार लाख बराबरको क्ष,ति ।अर्लाङ्कोटको ददल्कामा ब्यावसायिक रुपमा २०७४ साल देखि बृन्दा पोल्टि फाम दर्ता

गरि संचालन गर्दै आउनु भएका संचालक खड्क बहादुर खत्रीले ठुलो क्षति ब्योहोर्नु परेको छ।

सो फाममा बिभिन्न जातका कुखुरा का साथमा हास,खरायो समेत समय

समयमापाल्दै अाउनु भएको थियो।यतिखेर २/४ दिनको समय अबधि भित्र रानिखेत रोगका कारण लोकल जातका चार महिनाका करिब १७०

ओटा कुखुराहरु एकै चोटि मरेका हुन। यसरि भएको क्षतिको पोखरा स्थित भेटेनरि

ल्याब्रोटरिमा लगि टेष्ट गर्दा पुष्टि भएको हो।यसरि ब्यबसायमा एकैचोटि घाटा पुग्दा परिवारजन समेत दुःखी बनेका छन्।

अबको एक महिना पछि बजारमा पठाउने तयारिमा रहेको अबस्थामा यस्तो घटनाले मर्कामा पारेको संचालक खत्रिले बताउनु भयो।यति ठुलो घटना सायद

यो मुसिकोट नगरपालिका कै पहिलो घटना हो।यस्तो क्षतिमा सम्बन्धित निकायले उचित क्षतिपूर्ति सहित भोलिका दिनमा ब्यावसाय गर्नेका लागि विमा

सहित लगानीको वातावरण बनाउनु पर्ने खालको कार्यक्रम ल्याइ कृषकलाइ उत्साहित गर्नु पर्ने अन्य कृषकहरुको धारणा देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय