आज विराटनगरमा ओली समूहले सभा गर्दै

विराटनगर । नेकपा ओली समूहले आज (शनिबार) विरारटनगरमा सभा गर्दैछ ।

यसअघि अन्य प्रदेशमा सभा गरेको सो समूहले आज प्रदेश १ को राजधानीमा गर्न लागेको हो ।नेकपा दुई समूहमा विभाजित भएपछि दुवै समूहले आफ्नो शक्ति देखाउने थलो सडकलाई बनाउँदै आएका छन् ।

दाहाल नेपाल समूहले यसअघि विराटनगरमा सडक नै अवरुद्ध गराएर सभा गराएको थियो भने नेकपा ओली समूहले प्रदर्शनी स्थलमा सभाको आयोजना गरेको छ ।

विराटनगरमा हुने कार्यक्रमलाई प्रधानमन्त्री तथा सो समूहका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

साथै सभालाई गृहमन्त्री रामबहादुर थापा, नेता सुवास नेम्वाङ, प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायत नेताले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रिय सदस्य विनोद ढकालले जानकारी दिनुभयो

उहाँका अनुसार विराटनगर–२ स्थित विराट नर्सिङ होमपूर्व हुने आमसभाको तयारीको सबै काम पूरा भएको छ ।

कार्यक्रम सफल बनाउन नेकपाका प्रदेश अध्यक्ष देवराज घिमिरेको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय जनपरिचालन मूल कमिटी गठन गरेको थियो ।

सभामा मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा, भोजपुर र उदयपुरबाट नेता–कार्यकर्ताको सहभागिता रहने बताइएको छ ।-ज्योतिन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय