हामी छलफलमा छौँ, आन्दोलन किन गर्ने ? सुवासचन्द्र नेम्वाङ

इलाम – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले अब आन्दोलन नभइ नागरिकको समर्थन रोज्नुपर्ने बताउनुभएको छ ।

गृह जिल्ला इलाममा बिहीवार आयोजित चुम्लुङ हीम समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।‘लोकतन्त्रमा छलफल हुन्छ, यसलाई अन्यथा मान्नु हुन्न । अहिले हामी छलफलमा छौँ, आन्दोलन किन गर्ने ?’ नेम्वाङले प्रश्न गर्नुभयो । साथै उहाँले चुनावको तयारी थाल्नुपर्ने सङ्केत गर्नुभयो ।

नेम्वाङले भन्नुभयो, ‘म आग्रह गर्छु, सबै राजनीतिक दलले विनम्रताका साथ आफ्ना कुरा राखौँ । चिन्ता नलिऔँ । जे हुन्छ सर्वाेच्चको फैसलाअनुसार नै हुन्छ, आन्दोलनको आवश्यकता छैन ।’

‘नागरिक आफैमा सबल बनिसकेका छन्, अब दलले आन्दोलनमा होइन नागरिकको मन जित्नमा प्रतिस्पर्धा गर्नुपर्छ ।

यसैमा आ– आफ्नो भलाइ हुने पक्का छ’, उहाँले भन्नुभयो । फरक प्रसङ्गमा नेम्वाङले फरक संस्कार, रीतिरिवाज भए पनि हामी नेपालीमा एक हौँ भन्ने भावना छ भन्नेमा विश्वस्त बन्न सबैमा आग्रह गर्नुभयो ।

यो पनि पढ्नुहोस् काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताउनुभएको छ ।

शुक्रबार ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चुनावका लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताउनुभएको हो ।

नागरिकले निर्वाचन आयोगको तयारी थाहा नपाएको उहाँको भनाइ छ । निर्वाचन आयोगले नागरिकले थाहा पाउने गरी समयमै चुनाव गर्न तयारी गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चुनाव गर्नुपर्ने निकायले चुनावकाे तयारी समयमा गर्नुपर्दछ । मैले ५ गते प्रतिनिधि सभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर

निर्वाचन आयोगलाई दुई महिना एक दिनअघि नै अब चुनावकाे तयारी गर्नुस् भन्या छु । मैले अस्ति गएर सोधे, तयारी गरिरहेका छौँ भन्नुभयो तर कार्यक्रम प्रकाशित भएको छैन । केही भएको छैन । के तयारी गर्दै हुनुहुन्छ त्यति राम्रो देखिएको छैन ।

नागरिकलाई निर्वाचन आयोगको तयारी त्यति थाहा पाएजस्तो लाग्दैन । नागरिकले थाहा पाउने गरी निर्वाचन आयोगले समयमै चुनाव गर्ने गरी, यहाँ कतिपय तत्त्वहरूले घाेषणा गरेकाे चुनाव गराउन होइन भन्ने आरोप लगाउन खोजेका छन्

तर चुनाव तोकिएकै मितिमा गर्नका लागि मिति घोषणा गरिएको हो । त्यसका विरुद्ध कुनै प्रकारको षड्यन्त्र नहोस् भन्न म चाहान्छु ।’

प्रधानमन्त्री ओलीले चुनाव गराउँदा संविधान नमिचिने बताउनुभयो । ‘वैशाखमा चुनाव हुन्छ, सरकार बन्छ अनि संविधान कहाँ मिचियो ?’

उहाँले प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो ‘चुनाव हुँदा संविधान मिचिन्छ, लोकतन्त्र समाप्त हुन्छ भने अब डेढ वर्षपछि त लोकतन्त्र कुनै हालतमा बाँच्ने भएन नि त नेपालमा ।’

प्रधानमन्त्री ओलीले चुनावले लोकतन्त्र समाप्त नहुने दाबी गर्नुभयो । लोकतन्त्रविरुद्ध षड्यन्त्र हुन थाल्यो भने नागरिककाे बीचमा जानुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय