काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै आफ्ना पक्षका केन्द्रीय सदस्यलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
पार्टी कार्यालय पेरिसडाडाँमा शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।
शुक्रवारकाे बैठकमा केन्द्रीय सदस्यहरूको नागरिकताको प्रतिलिपिसहित हस्ताक्षर सङ्कलन गरिएको छ ।
बैठकमा अध्यक्षद्वय प्रचण्ड र नेपालले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी
गराउनुभएको समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।प्रवक्ता श्रेष्ठले आफ्नो समूहले गर्दै आएको आन्दोलनलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो ।
गएकाे पुस ५ मा भएकाे प्रतिनिधि सभा विघटनपछि चौथो चरणको आन्दोलनमा रहेको प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा वैधानिकताका लागि निवेदन दिएको छ ।
तर आयोगले यसबारे कुनै चासो नदेखाएको भन्दै प्रचण्ड–माधव समूह असन्तुष्ट छ ।
बैठकपछि प्रवक्ता श्रेष्ठले प्रदेश २ मा प्रदेश प्रमुख परिवर्तन गर्नु प्रधानमन्त्री ओलीको अराजनीतिक चरित्र भएको समेत टिप्पणी गर्नुभएको छ ।
यो पनि पढ्नुहोस्
नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापनाको पक्षमा उभिएका नेताहरुलाई प्रचण्डविरुद्ध बोल्न डराएको भन्दै व्यंग्य गरेका छन् ।
शुक्रबार नुवाकोटमा पार्टी कार्यालय भवनको उद्घाटन कार्यक्रममा देउवाले आफूले कम्युनिस्ट पार्टीको शासन आएपछि रुन पनि पाइने छैन भनेको स्मरण गरे ।
‘आज बल्ल साथीहरु ओलीको खिलापमा बोल्न सक्ने भएछन्’ उनले भने, ‘प्रचण्डको खिलापमा बोल्न डराउँछन् अझै यहाँ (मञ्चतिर देखाउँदै) ।’
उनले अघि भने, ‘प्रचण्डको नाम नै लिन सक्दैनन् विचराहरु !’ आफूले भने कांग्रेसलाई प्रचण्ड र ओली सबैको खिलापमा बोल्न सक्ने पार्टी बनाउन चाहेको देउवाले बताए ।
संसद पुनर्स्थापना भएन भने चुनाव हुन्छ हुन्छ
सम्बोधनका क्रममा देउवाले सर्वोच्च अदालतमाथि विश्वास गर्न नेताहरुलाई आग्रह गरेका छन् ।
संसद विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै उनले भने, ‘पुनर्स्थापनाको निर्णय गर्छ भने सहर्ष स्वीकार गरौं । चुनाव भन्छ भन्यो भने चुनावमा जाऊँ ।’
नेकपाको दुबै समूहले चुनावको तयारी गरिसकेको र चुनाव चिह्नका लागि लडिरहेको उनले बताए । ‘हाम्रा नेताहरु चुनाव हुँदै हुँदैन भन्छन्’ उनले भने, हद हुन्छ नि एउटा । भयो भने नि ? त्यसको तयारी गर्नुपर्दैन ? चुनावाबाट भाग्ने ?’
संविधानअनुसार प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्ने र नगराए सबै मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई निकाल्ने समेत देउवाले बताए । उनले अघि भने, ‘संसद पुनर्स्थापना भएन भने चुनाव भयो, भयो ।’
अहिले नभए पनि डेढ वर्षपछि चुनाव हुने भन्दै उनले चुनावबाट नडराउन नेताहरुलाई आग्रह गरे । ‘कि राजनीति छोड्नुपर्यो कि चुनावमा जान तयार हुनुपर्यो’ उनले भने, ‘चुनावका लागि तयार हुनुस्, डेढ वर्षपछि होस् कि अहिले होस् ।’
सबैले संविधान मिचेका छन्
नेपालमा सबैले संविधान मिचेको देउवाले बताए । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेको आरोप कांग्रेसकै नेताहरुले लगाइरहेका बेला देउवाले भने नेपालमा संविधान नमिच्ने कोही नभएको बताएका छन् ।
‘यो संविधान मैले पनि मिचेको छु भन्छन्, ओलीले पनि मिचेको छ भन्छन्’ कांग्रेस सभापति देउवाले भने, सबैले मिचेका छन्, नेपालमा (संविधान) नमिच्ने कोही छैनन् ।