निर्बाचनको पुरा तयारी थाल्न नेता कार्यकर्तालाई सभापती देउबाको निर्देशन

काठमाडौँ ,कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाबको तयारी थाल्न पार्टिका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।

नुवाकोट कांग्रेसको नवनिर्मित भवन उद्घघाटन समारोहलाई सम्बोधन गर्दै सभापती देउवाले यस्तो निर्देशन दिएका हुन ।प्रतिनिधि सभा पुनर्स्थापना भए पनि चुनाव हुने भएकोले चुनाबका लागी तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिदै देउबाले भने “‘प्रचण्ड-ओलीलाई चुनाव लागिसक्यो ।

चुनाव चिन्ह मागिरहेका छन्,’ उनले भने, ‘हाम्रा साथीहरू चुनाव हुँदैन भनिरहेका छन्। चुनाव भयो भने के गर्ने ?कि चुनावमा जानुपर्‍यो कि राजनीति गर्न भएन। चुनावबाट त भाग्न मिल्दैन नि।’

सर्बोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरे स्वीकार गरेर जाने बताउदै देउबाले पुनर्स्थापना भएन भने कांग्रेस चुनावबाट भाग्न नमिल्ने धारणा राखे ।

यो पनि पढ्नुहोस्
नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापनाको पक्षमा उभिएका नेताहरुलाई प्रचण्डविरुद्ध बोल्न डराएको भन्दै व्यंग्य गरेका छन् ।

शुक्रबार नुवाकोटमा पार्टी कार्यालय भवनको उद्घाटन कार्यक्रममा देउवाले आफूले कम्युनिस्ट पार्टीको शासन आएपछि रुन पनि पाइने छैन भनेको स्मरण गरे । ‘आज बल्ल साथीहरु ओलीको खिलापमा बोल्न सक्ने भएछन्’ उनले भने, ‘प्रचण्डको खिलापमा बोल्न डराउँछन् अझै यहाँ (मञ्चतिर देखाउँदै) ।’

उनले अघि भने, ‘प्रचण्डको नाम नै लिन सक्दैनन् विचराहरु !’ आफूले भने कांग्रेसलाई प्रचण्ड र ओली सबैको खिलापमा बोल्न सक्ने पार्टी बनाउन चाहेको देउवाले बताए ।

संसद पुनर्स्थापना भएन भने चुनाव हुन्छ हुन्छ

सम्बोधनका क्रममा देउवाले सर्वोच्च अदालतमाथि विश्वास गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

संसद विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै उनले भने, ‘पुनर्स्थापनाको निर्णय गर्छ भने सहर्ष स्वीकार गरौं । चुनाव भन्छ भन्यो भने चुनावमा जाऊँ ।’

नेकपाको दुबै समूहले चुनावको तयारी गरिसकेको र चुनाव चिह्नका लागि लडिरहेको उनले बताए । ‘हाम्रा नेताहरु चुनाव हुँदै हुँदैन भन्छन्’ उनले भने, हद हुन्छ नि एउटा । भयो भने नि ? त्यसको तयारी गर्नुपर्दैन ? चुनावाबाट भाग्ने ?’

संविधानअनुसार प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्ने र नगराए सबै मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई निकाल्ने समेत देउवाले बताए । उनले अघि भने, ‘संसद पुनर्स्थापना भएन भने चुनाव भयो, भयो ।’

अहिले नभए पनि डेढ वर्षपछि चुनाव हुने भन्दै उनले चुनावबाट नडराउन नेताहरुलाई आग्रह गरे । ‘कि राजनीति छोड्नुपर्‍यो कि चुनावमा जान तयार हुनुपर्‍यो’ उनले भने, ‘चुनावका लागि तयार हुनुस्, डेढ वर्षपछि होस् कि अहिले होस् ।’

सबैले संविधान मिचेका छन्

नेपालमा सबैले संविधान मिचेको देउवाले बताए । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेको आरोप कांग्रेसकै नेताहरुले लगाइरहेका बेला देउवाले भने नेपालमा संविधान नमिच्ने कोही नभएको बताएका छन् ।

‘यो संविधान मैले पनि मिचेको छु भन्छन्, ओलीले पनि मिचेको छ भन्छन्’ कांग्रेस सभापति देउवाले भने, सबैले मिचेका छन्, नेपालमा (संविधान) नमिच्ने कोही छैनन् ।- अनलाइनखबरबाट ’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय