लिखित जवाफ लिएर सर्वोच्च पुगे :प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफूविरुद्ध परेको अदालतको अवहेलना मुद्धाको जवाफ दिन सर्वोच्च अदालत जानुभएको छ ।

पौने १२ बजे सर्वोच्च अदालत प्रवेश गर्नुभएका प्रधानमन्त्री ओली १२ बजे फर्किनुभएको छ ।आफूमाथि लागेको अवहेलना मुद्दामा लिखित जवाफ पेश गरेपछि न्यायपरिषद सचिवालयको निर्माणाधीन भवनको पनि निरीक्षण गर्नुभएको थियो ।

२०७७ माघ १५ गते सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शर्मा ओलीले लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रधानमन्त्री ओलीलाई सात दिन भित्र जवाफ सहित आफै उपस्थित हुन भनेको हो ।

प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको भन्दै वरिष्ठ अधिवक्ता डा। कुमार शर्मा आचार्यले अवहेलना मुद्दा दायर गर्नुभएको थियो ।

त्यसैगरी अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गर्नुभएको थियो ।-ज्योतिन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय