मुसिकोटमा भ्रष्टाचार भएको गुनासो आएपछी काङ्ग्रेसद्वारा सत्यतथ्य विवरण पेश गर्न माग

विष्णुप्रसाद आचार्य / भुवन काफ्ले /मुसिकोट गुल्मी/नबखबरगुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ मा भ्रष्टाचार भएको गुनासो आएकोले सत्यतथ्य विवरण पेश गर्न काङ्ग्रेसले माग गरेको छ ।

केही दिन अगाडि मुसिकोट नगरपालिका वडा नम्बर ८ को वामी पुरानागाउमा नेपाली काङ्ग्रेसले अन्तर्कृया तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरि १५ घर परिवार नेकपा परित्याग गरि काङ्ग्रेसमा प्रवेश गरेको जनाएको थियो ।सोही अवसरमा स्थानियहरुले वडा कार्यालयले विभिन्न विषयमा अनियमितता तथा भ्रष्टाचार गरेको र सोझा जनताहरुलाइ धोका दिएको उद्घोष गरेका थिए ।

नेकपाले चुनावको वेलामा विभिन्न आश्वासन दिएको र पछि कुनै काम नगरेको स्थानियले आरोप लगाएका हुन ।
सोही कार्यक्रममा मन्दिरको संरक्षणमा वडा कार्यालयले वास्ता नगरे को भन्दै काङ्ग्रेसद्वारा मन्दिर संरक्षण तथा निर्माणकार्यका लागि

भन्दै सहयोग उठाएर स्थानीयलाई हस्तान्तरण गरेकोनेपाली काङ्ग्रेस मुसिकोटका नगर सचिव मोहन घिमिरेले नबखबरलाइ जानकारी दिनुभयो ।

पार्टी प्रवेश कार्यक्रम पछि मन्दिर निर्माणका लागि सहयोग गरिएको रकम प्रदान गरिएका तस्बिरहरु काङ्ग्रेसहरुले नै सामाजिक सन्जालमा सार्वजनिक गरेका थिए ।

उक्त तस्बिरहरु समेतलाइ आधार मानी नेकपाका विभिन्न व्याक्तिहरुले पैसा बाडेर सोझा स्थानिय नागरिकहरुलाइ पार्टी प्रवेश गराएको आरोप समेत लगाएका थिए ।

लगत्तै नेपाली काङ्ग्रेस मुसिकोट नगरपालिकाका सचिव मोहन घिमिरेले स्पष्टीकरण भन्दै आफ्नो फेसबुकबाट पैसा दिएर पार्टी प्रवेश गराएको भनी गरिएको हल्ला गलत भन्दै मन्दिर निर्माणकार्यको लागि काङ्ग्रेसले रकम संकलन गरेको दाबी गर्नुभएको थियो ।

यसबारे चर्चा परिचर्चा बढ्न थालेपछि  नेपाली काङ्ग्रेस मुसिकोट नगर कार्य समितिको बुधबार बैठक बसेर  यसबारे प्रेस बिज्ञपति सार्वजनिक गरेको नगर सभापती सुदर्शन शाक्यले बताउनुभयो ।

प्रेस बिज्ञप्तिमा नेपाली काङ्ग्रेसले शिवजिको मन्दिरलाइ तारजालीले घेराउ गरि संरक्षण गर्न रकम जम्मा गरेको र उक्त सहयोग कार्यक्रमलाई आधार मानी विभिन्न व्याक्तिहरुले नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुप्रति निकृष्ट शब्द प्रयोग गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्तै मन्दिरजस्तो पवित्र ठाउमा गरिएको सहयोग कार्यक्रमप्रती सामाजिक संजालमा प्रयोग गरिएको तुच्छ भाषा  र शैलिप्रती डटेर विरोध गर्न र कडा प्रतिरोध गर्न समेत न्यायप्रेमी जनसमुदायसमक्ष काङ्ग्रेसले बिज्ञप्तिद्वारा अनुरोध समेत गरेको छ ।

त्यस्तै वडा नम्बर ८ प्रति स्थानीय नागरिकले उठाएका अनियमितता, भ्रष्टाचारका विषयमा वडाकार्यालयले छिटोभन्दा छिटो वास्तविकता प्रस्तुत गर्न समेत काङ्ग्रेसले माग गरेको छ बिज्ञप्तिमा भनिएको छ ।

राज्यका कुनैपनि निकायबाट हुने अनियमितता र भ्रष्टाचारको विषयमा काङ्ग्रेस मौन नबस्ने र यस्ता विषयमा कडा रुपले प्रस्तुत हुने समेत काङ्ग्रेसले प्रस्तुत गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय