शान्तिपूर्ण राजनीतिमै रहन्छु, :नेकपा बहुमत पक्षका अध्यक्षा प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू शान्तिपूर्ण राजनीतिमै रहने र अतिवादमा नजाने बताएका छन् ।

चितवनको भरतपुरमा बन्दै गरेको सिटी हलको स्थलगत अनुगमनपछि आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले सो धारणा राखेका हुन् ।असंवैधानिक र अलोतान्त्रिक ढंगले चुनाव गराए देश अराजकताको भूमरीमा फस्ने र अतिवाद फैलिने उनले जिकीर गरे । उनले भने, ‘प्रचण्ड त्यसमा जाँदैन, म शान्तिपूर्ण राजनीतिमा रहन्छु अतिवादमा जान्नँ ।’

संविधान भत्काएर हुने चुनाव अलोतान्त्रिक, असंवैधानिक हुने भएकाले त्यसले विभिन्न खालका अतिवाद ल्याउनेको उनको दावी छ । चुनाव भए सहभागी हुनुहुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले ठोस जवाफ दिएनन् । संसद पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको उनले बताए ।

अदालतले संसद पुनःस्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दावी नरहने बताउँदै अध्यक्ष प्रचण्डले प्रतिपक्षीको मागलाई प्राथमिकतामा राखिने बताए ।

नेपाली कांग्रेस र जसपासँग मिलेर केही समयपछि नै संयुक्त आन्दोलन हुने उनको भनाइ छ ।

संसद विघटनको विरोधमा केपी ओली पक्षका ९० प्रतिशत सांसदसमेत रहेको अध्यक्ष प्रचण्डले दाबी गरे । ‘केपीजीसँग भएका ९० प्रतिशत सांसद विघटनको विरुद्धमा छन् भन्ने मेरो जानकारीमा छ,

गुटमा भएकाले बोल्न केही समस्या भएको हो,’ प्रचण्डले भने, ‘नेपालमा सकारात्मक ढंगले सोच्ने संविधानको रक्षाका पक्षमा रहेका राम्रो दिमाग भएका व्यक्तिहरु प्रधानमन्त्रीको संसद विघटनको विरोधमा छन् ।’

आफ्नो जेठो सम्धी भरतपुर-७ का नरबहादुर केसीको निधनमा श्रद्धाञ्जली दिन सोमबार चितवन आएका प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न क्षेत्रका समेत भ्रमण गरेका थिए । उनी आजै काठमाडौं र्फकने कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुहोस्का ठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हप्की दप्की नगर्न र कानुनको पालना गर्न आग्रह गरेका छन् ।

नेकपाको प्रचण्ड–माधव समूह नियम तोड्ने, धाकधक्कु लगाउने र कानून मान्दिन भन्दै प्रहरी प्रशासन तथा निर्वाचन आयोगलाई धम्की दिदै हिँडेको उल्लेख गर्दै उहाँले अब ‘कानून मान्दिनँ’भन्ने जमाना गएको टिप्पणी गरे ।

कानूनको पालना गर्नुहोस् हप्की दप्की गर्ने होइन । पालना गर्न सिक्नुहोस् कानुनको । लोकतन्त्र भनेको कानूनको राज हो । बलमिच्याँईंको राज होइन ।

प्रचण्डलाई म सम्झाउन चाहन्छु’ बिहीबार काठमाडौंमा अखिल नेपाल

किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले भने, ‘ती दिन गए जतिबेला तपाई संविधान मान्दिनँ, कानुन मान्दिनँ भनेर उपद्रो मच्चाएर हिँड्नुभएको थियो ।’

प्रचण्डले हामी यहाँ छौं भनेर अदालतलाई र निर्वाचन आयोगलाई धम्क्याएको ओलीले टिप्पणी गरे ।

आमहड्ताल आह्वान गरेर प्रचण्ड माधव समूहले जनतालाई दुःख दिएको र आफूहरु चाहिँ गाडी र मोटरसाइकलबाट जनताले पाएको दुखको तमासा हेर्दै हिँडेको ओलीले आरोप लगाए । उनले कार्यकर्ता नभई नेताहरु आफैं सडकमा उत्रिएको भन्दै व्यंग्य गरे ।

‘बाटाका छेउमा ल्याएर बेचिराखेको तरकारी सडकभरी फ्याकेर क्रान्तिकारिता देखाउनुभयो । अरुका गाडी जलाउनु भो आफू गाडी सयर भएर तमासा हेर्दै जनताले कति दुख पाएका छन् हँ भनेर ? गाडी चढेर तमासा हेर्दै हिड्नुभयो’ ओलीले भने ।

उनले अघि भने, ‘कार्यकर्ता सिद्धिएछन् अनि आफैं हामी यहाँ छौ भन्ने एउटा टास्यो । अनि गाडी रोक भनेर को उभिएको छ भनेर हेरेको त प्रचण्ड उभिइराखेको ।

उभिएको कस्तो ठाउँमा फेरि सातदोबाटोमा । साइनबोर्ड लिएर । कार्यकर्ता छैनन् सिद्धिएछन् ।’

प्रधानमन्त्री ओलीले उच्च मनोबलसहित बहुमत ल्याउने ढंगले निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टी र सरकारलाई काम गर्न नदिने केही व्यक्ति पार्टी छोडेर जादैमा आत्तिनुनपर्ने भन्दै ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउछौं भन्ने मनोबलका साथ अघि बढ्न निर्देशन दिए ।

‘शानदार बहुमत ल्याउनु पपर्छ । कसैले ठान्ला पार्टी फुटेको छ कसरी बहुमत ल्याउँछ ? ३ करोड मान्छेमा २÷४ जना जाँदैमा पार्टी फुट्यो ? आत्तिनुपर्दैन । मनोबल गिराउनु पर्दैन । हामी जित्न सक्छौं’ उनले भने ।

प्रधानमन्त्री ओलीले विवाद गर्ने र झगडा गर्नेहरुले पार्टी छोडेकाले अब आगामी दिनमा पार्टी आन्तरिक शुद्धिकरणसहित सुदृढ भएर अघि बढ्ने दावी गरे ।

‘विवाद गर्नेहरु, झगडा गर्नेहरु, झगडा गर्र्ने बानी परेकाहरु, मुद्धा लड्ने बानी परेका, सिँगौरी खेल्ने बानी परेका, भुइँ खोस्रिने बानी परेका, गालीगलौच गर्ने बानी परेका, मुख छाड्ने बानी परेका, जहिले जहाँ पुगेपनि निहुँ खोज्ने बानी परेका हटे ।

अब आन्दोलनलाई एकजुट बनाएर लाने हो’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलनका सबै भन्दा ठूला विरोधी प्रचण्ड माधव समूह भएको आरोप लगाए ।

‘आज कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो विरोधी को छ भने कम्युनिष्टकै बर्को ओडेर उ ह्वाँ बाटामा बसेको छ । कम्युनिष्टकै बर्को ओडेर बाटामा बस्ने र कम्युनिष्ट आन्दोलनकै सबभन्दा बढी विरोधी ।

लोकतन्त्र, कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट एकताको विरोधी सबभन्दा को छ भन्दाखेरी कम्युनिष्टकै खोल ओढेकाहरु’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर