च;ट्याङ लागेर बागलुङमा एक युवती घा;इते

दिपेन्द्र परियार/बागलुङ

बागलुङको बरेङ गाउँपालिकामा चट्याङ लागेर एक युवती घाइते भएकी छिन् ।

बरेङ गाँउपालिका वडा नम्बर २ दलेङमा चट्यान पर्दा २० वर्षीया सरिता बस्याल घाईते भएकी हुन् ।

सोमबार साझ ५ बजे वर्षासँगै परेको चट्यान लागेर बस्याल घाइते भएको उनको श्रीमान खेम बहादुर बस्यालले जानकारी दिए ।
घरका ४ जना परिवार बसेर खाजा खाईरहेको समयमा एक्कासी चट्यान परेपछि

सरिता बेहोस भएर ढलेकी थिइन् । बेहोस बस्याललाई बरेङ गाउँपालिका वडा नम्बर २ बरेङमा रहेको बिहानी पोलीकिल्नीकमा ल्याएर उचार

सुरु गरिएको बताइएको छ । सँगै रहेका अन्य सदस्यहरु भने सकुसल रहेका छन् ।

चट्यान बाट अन्य भौतिक क्षति बारे जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय