किन निर्वाचन आयोगले निर्वाचन कार्यक्रम बाहिर निकाल्दैन?: कांग्रेस सभापति देउवा

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले निर्वाचन गराउने नचाहेको भन्दै शंका व्यक्त गर्नुभएकोे छ ।

सोमबार रुपन्देहीको भैरहवामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै सभापनि देउवाले आयोगले चुनावी कार्यतालिका नल्याएकोले आशंका पैदा भएको बताउनुभएको हो ।

नेकपा वैधानिकताबारे अहिलेसम्म निर्णय नगरेको भन्दै उहाँले निर्वाचन आयोगलाई चुनाव गराउने कुनै मतलब नभएको टिप्पणी गर्नुभयो ।

‘निर्वाचन आयोगलाई म यहीँबाट भन्न चाहन्छु, प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ ।’

उहाँले भन्नुभयो, ‘ओलीले वैशाखसम्म चुनाव गराउँछु भनेका छन् । निर्वाचन आयोगले किन भन्दैन ? निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ ।’

निर्वाचनको तयारी गर्न अदालतको निर्णय कुर्नु नपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले किन अहिलेसम्म निर्वाचन कार्यक्रम बाहिर निकाल्दैन? चुनाव नगराउने हो भने भन्नुपर्‍यो चुनाव गराउँदिनँ

भनेर। चुनाव गराउने हो भने निर्वाचनको प्रक्रिया सुरू गरेकै छैन। कुनै पनि संसदको विघटन भएको छ महिनाभित्र चुनाव गरिसक्नुपर्छ’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय