काठमाडौं । नेकपा माधव-प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्डले आगामी बैशाखमा चुनाब नहुने दाबी गर्नुभएको छ ।
चितवनमा आज सोमबार पत्रकारसँग उहाँले कुनै पनि हालतमा तोकिएको समयमा चुनाब नहुने दाबी गर्नुभएको हो ।‘चुनाब जनता भुलाउने नाटक मात्र भएको र अहिलेको कदम प्रधानमन्त्री ओलीले चुनाब गर्नका लागि नचालेको उहाँको दाबी थियो ।
‘चुनाब हुन गरिएको प्रतिगमन होइन, तपाइँहरु प्रष्ट हुनुस् चुनाब हुदैन ।’ उहाँले भन्नुभयो । चुनाबको कुनै अर्थ नरहेको समेत प्रचण्डको भनाइ छ ।
प्रधानमन्त्री ओलीले लामो बलिदानीबाट प्राप्त भएको उपलब्धिलाई धरापमा पारेको समेत प्रचण्डले आरोप लगाउनुभयो ।
प्रधानमन्त्री ओलिको संसद विघटन, असंवैधानिक नियुक्ति लगायतका विरुद्धमा आम नेपाली एकजुट हुनुपर्ने उहाँले बताउनुभयो ।
ओलीको कदमलाई सबै मिलेर परास्त गर्नुपर्ने प्रचण्डको भनाइ छ । (ज्योतिन्यूजको सहयोगमा)