अभिभावक विहिन बनेका मुसिकोटका दुई बालकलाई विभिन्न तिन देशमा आर्थिक संकलन अभियान सुरु

सुरज भट्टराई ,गुल्मी । बाबुआमा दुवैको मृ’त्यु भएपछि अभिभावक विहिन बनेका मुसिकोट नगरपालिका ५ धुमीका दुई बालकलाई विभिन्न तिन देशमा आर्थिक संकलन अभियान सुरु भएको छ

आमाको दु,र्घट.नामा नि*धन भएको १ महिना नबित्दै बाबुले पनि आत्महत्या गरेको खबर विभिन्न मिडियावाट प्रकाशन भएपछि लन्डन, न्युजिल्यान्ड र फिनल्याण्डमा साहारा बिहिन 2 बच्चाहरु र बृद्द लाटी हजुर आमा को जिबिको पार्जन तथा शिक्षा को लागि आर्थिक संकलन अभियान सुरु भएको हो ।

मुसिकोट नगरपालिका वडा नं ५ धुमिवाट कामकाजको सिलसिलामा देश वाहिर गयका नेपालीहरूको पहलमा रकम संकलन भईरहेको छ न्युजिल्यान्ड मा जिवन अर्याल लन्डनमा माधब भन्डारि र राधा खरेल र फिनल्याण्डमा भरत गिरीको प्रतिनिधित्वमा रकम संकलन गरिएको छ ।

अहिलेसम्म ६ लाख भन्दा बढि रकम संकलन भएको कुरा आर्थिक संकलन अभियानका संयोजक जिवन अर्याल ले जानकारी दिनुभएको छ । र यो महान कार्यमा सबैलाई सहभागी हुन पनि उहाले आग्रह गर्नुभएको छ।

धुमिमा ऊक्त रकम सहि सदुपयोग र दिघो व्यावस्थापनका लागि समिति गठनगरिएको छ ।

बिदेशमा रहेका सहयोग गर्ने नेपाली हरूको निर्देशनमा स्थानिय यग्यलाल खराल को संयोजक मा आठ सदस्यीय समिति गठन गरिएको हो। घरमा आमा लाटि र बच्चाहरूले मोटो रकम सहि सदुपयोग गर्न नसक्ने भयकाले समिति गठन गरिएको हो ।

अव छिट्टै समितीका संयोजक र सचिव को नाममा मुद्धति खाता खोल्ने र दुईदुई बर्षलाई ऊक्त रकमलाई मुद्धति खातामा राखिने र प्रत्येक ६-६ महिनामा उक्त रकमको ब्याज पिडित परिवारले पाउने र उक्त उठेको सावा रकम कान्छो छोरा १८ बर्ष नपुगुनजेल र लाटि आमा को सास रहुन्जेल सम्म प्रयोग

गर्न नपाउने र पछि सवै रकम दुई बालकले वरावर तरिकाले पाऊने निर्णय भएको कुरा समितिका सचिव तथा नेपाल राष्ट्रिय मा वि ईन्द्रेगौडाका प्रधानाध्यापक डिल ब अधिकारी ले जानकारी दिनुभयो हो ।

बिहीबार बसेको बैठकले सहयोग गर्ने सम्पूर्ण नेपाली दाजु भाईहरुलाई समितिका पदाधिकारीहरूले धन्यवाद समेत ब्यक्त गरेका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय