युनेस्को केन्द्रका अध्यक्ष घिमिरेद्वारा विद्यार्थीलाई पोशाक वितरण

विष्णुप्रसाद आचार्य / भुवन काफ्ले नबखबर युनेस्को केन्द्रका अध्यक्ष घिमिरेद्वारा विद्यार्थीलाई पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ।

मुसिकोट युनेस्को केन्द्रका अध्यक्ष मोहन घिमिरेले मुसिकोट नगरपालिका वडा न १ बाङ्गेमा अबस्थित भगवती आधारभुत बिद्यालयका १० जना गरिब तथा जेहेन्दार बिद्यार्थिलाई पोशाक बितरण गर्नुभएको छ ।

बिद्यालयको ३८ औ बार्षिक उत्सव कार्यक्रमका बिच आइतबार घिमिरेले पोशाक बितरण गर्नुभएको हो ।

विद्यालयका विद्यार्थीहरु कतिपय आर्थिक रुपमा कमजोर भएकोले जाडोको समयमा पनि सोहि अनुसारको न्यानो कपडा नलगाउने गरेका समस्याहरु भएकोले थोरै भएपनि राहत महशुस होस

भनेर यस्तो गरिएको उहाको भनाइ छ विद्यालयका गरिब, दलित र जेहेन्दार बिद्यार्थिलाई पोशाक

बितरण गरेकोमा बिद्यालयका प्र अ स्यामन्त नेपालीले सहयोगदाता मोहन घिमिरेलाई धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रममा बोल्दै युनेस्को केन्द्रका अधक्ष्य मोहन घिमिरेले बिद्यालयलाई भबिष्यमा पनि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको विद्यालयले जनाएको छ अध्यक्ष घिमिरेले विभिन्न समयमा विपतमा परेका व्याक्तिहरुलाई अभियान नै संचालन गरेर सहयोग गरि परोपकारी काम समेत गरिसक्नुभएको छ

कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अधक्ष्य दान ब केसि, नेपाल तरुण दल मुनपा(१ का भिम पान्डेय लगायतका ब्याक्तिहरुको अतिथ्यता रहेको थियो।

कार्यक्रम प्र अ स्यामन्त नेपालीको अध्यक्षता र शिक्षक कृष्ण हमालको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय