काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा बहुमत पक्षले नेकपा विवाद समाधान भएसम्म निर्वाचन गर्न नसकिने बताएको छ ।
आइतवार निर्वाचन आयोगले बोलाएको छलफलको क्रममा उक्त समूहले नेकपामा देखिएका विवाद समाधान नगरी निर्वाचन हुन नसक्ने स्पष्ट पारेको होे ।
बहुमत पक्षका नेता लिलामणि पोखरेलले भन्नुभयो, ‘६४ प्रतिशत मत भएको राजनीतिक
दलको विवाद सम्बन्धी प्रश्नहरू हल नगरी कसरी निर्वाचन सम्पन्न गर्नु हुन्छ?
नेकपाको ६४ प्रतिशत मत छ। यसको विवाद समाधान नगरी निर्वाचन सम्पन्न गर्न सकिन्न’ ।
यसअघि नेकपा बहुमत पक्षले आफ्नो पक्षलाई आधिकारिकता दिन माग गर्दै
राजनैतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम निर्वाचन आयोगलाई पत्र पठाएको थियो ।
कुल ४४१ केन्द्रीय सदस्य मध्ये आफूसँग बहुमत सदस्य भएको भन्दै आफूहरु नै आधकारिक नेकपा भएको र चुनाव चिन्ह पनि सूर्य नै हुनुपर्ने माग गरेको हो ।
आज आयोगले निर्वाचन आचारसंहिताबारे १४ दलका प्रतिनिधिहरूसँग छलफल गरेको हो।
आयोगमा नेकपाका बहुमत पक्षका नेता पोखरेल र ओली समूहका नेता बाबुराम शर्मा दाहाल सहभागी हुनुभएको थियो । - ज्योतिन्यूजको सहयोगमा