आज निर्वाचन आयोगले सबै दलहरुलाई आयोग  बोलायो,किन ?

काठमाडौं । निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे सबै दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ ।

निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ ।निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहिताको

मस्यौदामा राय परामर्श लिन बिहान ११ बजे दलहरुलाई बोलाइएको जानकारी दिए ।

छलफलका लागि आयोगले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,

कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई बोलाएको छ ।

दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ ।

प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजित भएको छ । एउटा खेमाको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड-माधव नेपालले गरेका छन् ।

दुवै पक्षले आधिकारिक नेकपा आफूहरु नै रहेको दाबी गर्दै आए पनि निर्वाचन आयोगले आधिकारिकताको विवाद टुंगो लगाउन सकेको छैन ।

यो पनि पढ्नुहोस्
वामी विश्व सम्पर्क मंचद्वारा शनिबार शोक सभा सम्पन्न गरिएको छ

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ भेडुवाफाट सेरा निवासी समाजसेवी बोम बहादुर रायमाझीको ८४ वर्षको उमेरमा भएको दुखद निधनको नवौ दिनको पुण्य तिथि पारेर शोक सभा सम्पन्न गरिएको

वामी विश्व सम्पर्क मंचका उपाध्यक्ष डीलाराम खरेलले नबखबरलाई जानकारी दिनुभयो

सामाजिक व्याक्तित्व बोम बहादुर रायमाझीको सम्झना गर्दै उहाको सामाजिक योगदानको उच्च मूल्यांकन गर्दै दिवंगत आत्माको

चीरशान्तिको कामना तथा बैकुण्ठवासको कामनाका साथ एक मिनेट महुन धारणा गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो

कार्यक्रममा वामी विश्व सम्पर्क मंचका उपाध्यक्ष डीलाराम खरेलले स्वर्गीय बोम बहादुर रायमाझी एक सामाजिक व्याक्तित्व भएको र उहाको निधनले समग्र समुदायलाई ठुलो क्षति भएको भन्दै परिवारलाई परेको यस दुखद क्षणमा वामी विश्व सम्पर्क मंच संगै रहेको भन्दै शोकपत्र वाचन गरि परिवारलाई हस्तान्तरण गर्नुभएको थियो

दुःखद घड़ीमा संस्था सम्पूर्ण परिवार र आफन्तको साथमा रहेको कार्यक्रममा उपस्थित महानुभावहरुले उल्लेख गर्नु भयको थियो

कार्यक्रममा सस्थाका सचिव रामचन्द्र सापकोटा , कोषाध्यक्ष महेश्वर घिमिरे , सदस्य जनक बहादुए थापा, पूर्ण अध्यक्ष ज्ञानहरि सापकोटा ,वामी नमुना समाजका उपाध्यक्ष रोम बहादुर रायमाझी, वामी नमुना समाजका पुर्व उपाध्यक्ष वेद प्रसाद खराल, भगवती प्रा बिका प्रधानाध्यापक तेजनारायण सापकोटा लगायतको उपस्थिति रहेको थियो

रायमाझीको निधनले समाजमा अतुलनीय क्षेती पुगेको संग़ै सरल , अनुशासन र कर्मप्रति पूर्ण इमानदारीताको पाठ उहाबाट सिक्नु पर्ने सबैको तर्क रहेको थियो

शोकसभामा बोल्दै उपस्थित महानुभावहरुले राख्नु भएको मन्तव्यमा निकै सामाजिक कार्यमा सक्रिय र समाजसेबी सन्तानहरूको जन्म दिनु हुने खिम रायमाझी , लेख , ठग , टूङगा र दुर्गा रायमाझी जस्ता कर्मनिष्ठ र ईमान्दार व्यक्तिको कारणले उहाँ सदा अमर र स्मरिणय रहने उल्लेख गर्नु भयो ।

सोहि कार्यक्रका बीच भूपू सैनिक संघले पनि मृुतक प्रति श्रद्दान्जली तथा परिवारमा समवेदना प्रकट गरेको थियो

त्यस्तै संस्थाका उपाध्यक्ष डीलाराम खरेलको अध्यक्षता रहेको कार्यक्रमको संचालन सस्थाका सचिव रामचन्द्र सापकोटाले गर्नुभएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय