गुल्मीको वामी पुरानागाउ कांग्रेसमय, नवप्रवेशिको लहर

विष्णुप्रसाद आचार्य/ भुवन काफ्ले/ नबखबर/ मुसिकोट गुल्मी
गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर ८ वामी पुरारागाउ कांग्रेसमय भएको छ

शनिबार वामिको पुरानागाउमा भएको कांग्रेसको अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रममा गाउ नै नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेको नेपालि कांग्रेस मुसिकोट नगर सचिव मोहन घिमिरेले नबखबरलार्ई जानकारी दिनुभयो

नेपालि कांग्रेस मुसिकोट नगरपालिका वडा नम्बर ८ वडा कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा पुरानागाउका १५ घरपरिवार नेपालि कांग्रेसमा

प्रवेश गरेको नेपालि कांग्रेस पुर्व जिल्ला सचिव हरिनारायण सापकोटाले जानकारी दिनुभयो

नेपाल कम्युनिस्ट पार्टी भ्रष्टाचार र अनियमितताको पर्याय भएको र आफ्नै गाउठाउमा विकासका कामहरु गर्छु भनेर सोझा जनतालाई झुक्याउने काम भएकोले दुखि र गरिवको सच्चा साथि कांग्रेस नै भएको ठहर गर्दै नेपालि कांग्रेसमा प्रवेस गरेको नवप्रवेशी होम बहादुर छंतेलले बताउनुभयो

कार्यक्रमा नेपालि कांग्रेस गुल्मीकी सचिव विष्णु कुमारी सापकोटा प्रमुख अतिथिको रुपमा बोल्दै कम्युनिस्ट पार्टीले सोझा जनतालाई झुक्याउने काम गरेको र नेकपाको सरकार आएपछि लगातार नागरिकलाई अ’सुरक्षा महशुस भएको ठोकुवा गर्नुभयो

त्यस्तै नेकपाले दुइ खालका चरित्र देखाउने गरेकोले फुटको संघारमा आएको र जनताले परीक्षणको लागि नेकपालाई भोट दिएको र जनताको मनमनबाट नेकपा फेल भएको भन्दै नवप्रवेशीहरुलाई स्वागत गर्नुभएको थियो

कार्यक्रममा नेपालि कांग्रेस पुर्व जिल्ला सचिव हरिनारायण सापकोटा, जिल्ला सदस्य कल्पना घिमिरे, पुर्व जिल्ला सदस्य फन बहादुर रायमाझी, कांग्रेसका सल्लाहकार भिमलाल सापकोटा, नगर सभापति सुदर्शन शाक्य,
नगर सचिव मोहन घिमिरे लगायतले बोल्दै नवप्रवेशीहरुलाई स्वागत गर्दै कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो

वामिको पुरानागाउ पहिलेपनी कांग्रेसको पक्कड भएको र बिचमा नेकपामा केहि संख्यामा प्रवेश गरेको हल्ला चलाइएपनि वास्तवमा पहिले र अहिले पुरानागाउ सधै कांग्रेसको पक्कड ठाउ भएको नगर सभापति सुदर्शन शाक्यले बताउनुभयो

वामिको उक्त पुरानागाउ आफ्नो पक्कड हुनुमा आफुहरुको ठुलो योगदान रहेको कुरा कांग्रेसले जनाएको छ त्यसठाउमा खानेपानीको निकै ठुलो दुख भएको समयमा कांग्रेसको अगुवाइमा उक्त ठाउमा खानेपानीको समस्या समाधान गरिएको,

शहीद समशेर बहादुर खत्रीको नामबाट विद्यालय संचालन लगायतका ऐतिहासिक र दुखि गरिवको भावना अनुसारको काम गरिएकोले आफ्नो पक्कड भएको कांग्रेसका पुर्व जिल्ला सचिव हरिनारायण सापकोटाले बताउनुभयो

कार्यक्रममा नवप्रवेशी होम बहादुर छंतेलको अध्यक्षतामा ११ सदस्यीय तरुणदल टोल समिति गठन गरिएको छ भने ढाल बहादुर केसिको सभापतित्वमा ९ सदस्यीय टोल समिति गठन गरिएको छ

कांग्रेसका मुसिकोट नगरपालिका वडा नम्बर ८ का वडा सभापति ताराक बहादुर रायमाझीको सभापतित्व रहेको कार्यक्रमको संचालन भिम केसीले गर्नुभएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय