लक्ष्मी पुजिने देशमा लक्ष्मिको अस्मिता निरन्तर लु,टिए.को छ ।

पार्वती कुँवर क्षेत्री, इस्मा गाउँपालिका हस्तिचौर गुल्मी

नेपाल स्वतन्त्रता, सार्वभौमिकता भौगोलिक, अखण्डता ,राष्ट्रिय एकता,स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखि

बहुजातीय,बहुभाषिक,बहुधार्मिक,बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई

अात्मसात गरि सुशासन विकास र सम्वृद्धि अाकांक्षा पूरा गर्न संविधान

सभाबाट पारित नेपालको संविधान २०७२ ले मैलिक हक अन्तरगत महिला हक,स्वतन्त्रताको हक,संचारको हक ,

बालबालिकाको हक लगायतका ३१ वटा मैलिक हकको व्यवस्था गरेता पनि कार्यान्वयनमा जटिलता देखिएको छ ।

गत बिहीबार मात्रै बैतडीकि भागिरथी भट्टको ब’ला.त्कार पछि ह;त्या भएको छ ।

नालायक निरिह सरकारको कुम्भकर्ण गृहमन्त्री अन्धो मात्रै होइन बहिरो समेत भएको छ ।

लक्ष्मी पुजिने देशमा लक्ष्मिको अस्मिता निरन्तर लु,टिए.को छ ।

सतिले सरापेको देशको दाग त्यत्तिकै लागेको हैन रैछ । लाखौं पारिवारिक र सामाजिक संक्रिणताको सि,कार महिलाहरुको अाशुले नै हो ।

निर्मला र सम्झना जस्तै हजारौं छोरिको न्याय उधारोमा लिलाम हुदा पनि भागिरथी अन्यायको भागेदार बनेकि छन ।

हाल देशमा ,राज्य छ-सरकार छैन/निदाएको छ ।

न्यायलय छ- न्याय छैन।
गृह प्रशासन छ- अनुसन्धान छैन
अधिकारकर्मि छन-अधिकार कुण्ठित छ ।
स्वतन्त्रता छ- अभिव्यक्ति मनाहि छ ।

त्यसैले भागीरथी न्याय मर्यो भनौ त प्रशासन, न्यायलय मजबुत देखिन्छन् ।
न्याय बिउँझेको छ भनौ त निर्मला र संस्झनाका अपराधि सुरक्षित संरक्षणमा बसिरहेका छन् ।

राज्यले गर्छ वा गर्ला अाशा गर्न छाडौ,छोरिलाइ जुन जस्ति नबनाऊ,कि हर कोहिले घुरेर हेरोस् ।

छोरिलाइ सुर्य जस्तैः बनाऊ,ता कि घुरेर हेर्नुभन्दा पहिले नजर झुकाउनु परोस्

महिला हिंसा ब,ला;त्कार जस्ता जघन्य अ’परा,ध रोक्न ,
१)यथेष्ट कानुन निर्माण गर्नुपर्छ ।

२)घटना घटिसकेपछि पि,डि*त र पि,डकबिच लेनदेनको हिसाबमा मिलापत्र गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।

३) सबैले अाफ्नो छोरालाई राम्रो संस्कार दिन र महिलाको इज्जत गर्न अनि छोरिलाइ अात्म रक्षा अाफै गर्न सक्ने सक्षम बनाउन जरुरि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय