राष्ट्रिय जनमोर्चाद्वारा मुसिकोटमा विरोध सभा सम्पन्न

विष्णुप्रसाद आचार्य / भुवन काफ्ले / नबखबर
राष्ट्रिय जनमोर्चा मुसिकोट नगरकमिटिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर २ स्थित मुसिकोट देउरालिको बिच बजारमा कार्यक्रम सम्पन्न भएको हो । जनमोर्चाका मुसिकोट नगरकमिटिका सचिव इश्वरी प्रसाद आचार्यले नबखबरलाइ जानकारी गराए अनुसार नगर स्तरीय कार्यक्रम मुसिकोटको देउरालिमा आयोजना गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष समेत रहेका जीवन रानाले प्रमुख अतिथिको रुपमा बोल्दै वर्तमानको कम्युनिष्ट सरकारले गरेका अधिकाकाम्स निर्णय र कार्यहरु जनविरोधी रहेको ठोकुवा गर्नुभयो ।

साथै यस्ता व्याक्तिवादी चिन्तनले देश र जनतालाइ दुख दिन नपाइने उहाको धारणा थियो ।

त्यस्तै कार्यक्रममा विषेश अतिथिको रुपमा बोल्दै राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव समेत रहेका छबिलाल सर्तुङ्गेले बोल्दै अवैध रुपमा अहिलेका प्रधानमन्त्री केपि शर्मा ओलिले गरेको सम्सद विघटनलाई विनाशर्त फिर्ता गराइ सम्सदको पुनःस्थापन गरि देशलाई निकाश दिन समेत उहाले आग्रह गर्नुभयो ।

त्यस्तै विरोध सभामा बोल्दै जनमोर्चाका जिल्ला सदस्य हरि न्यौपानेले जनताले ठूलो भरोसा गरेको कम्युनिस्ट पार्टीले कत्तिपनी विश्वासको काम गर्न नसकेको आरोप लगाउनुभयो ।

नेकपाका नेताहरुले अहिले जुन रमिता देखाइरहेका छन त्यो देश र जनताका लागि नभएर कुर्सी र पदको लागि भएको जनमोर्चाको ठहर रहेको सचिव आचार्यले बताउनुभयो ।

जनमोर्चाको पहिचानको रुपमा रहेको नृत्य पहिरन, सङ्गीत र नाचले कार्यक्रमलाई थप सौन्दर्य र उत्साह थपेको थियो ।

कार्यक्रममा जनमोर्चाका नगरकमिटिका पदाधिकारी तथा सदस्यहरु, वडाकमिटिका पदधिकारिहरु तथा सदस्यहरु शुभेच्छुक सङ्गठन शिक्षक सङ्गठनका प्रतिनिधि नर बहादुर महत लगायतको उपस्तिथि रहेको बताइएको छ ।

कार्यक्रम वडावडामा गर्ने गरि समेत तयारी गरेपनी मिति यकिन भने नभएको नगर अध्यक्ष भानुभक्त खरेलले बताउनुभयो ।

जनमोर्चाका सल्लाहकार गोपाल नेपालिको स्वागत मन्तब्यसङ्गै सुरु भएको कार्यक्रममा नगर कमिटिका अध्यक्ष भानु खरेलको अध्यक्षता रहेको थियो भने

सन्चालन नगर सचिव इश्वरिप्रसाद आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय