वामी नमुना समाजद्वारा शोक सभा सम्पन्न

विष्णुप्रसाद आचार्य – भुवन काफ्ले ,गुल्मीवामी नमुना समाजद्वारा विहिबार शोक सभा सम्पन्न गरिएको छ

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ सेरा निवासी समाजसेवी बोम बहादुर रायमाझीको ८४ वर्षको उमेरमा भएको दुखद निधनको ७ औ दिनको पुण्य तिथि पारेर शोक सभा सम्पन्न गरिएको

वामी नमुना समाजका सरक्षक दिलिप थापाले नबखबरलाई जानकारी दिनुभयो

परिवारका सदस्यहरुसंग निकै प्रयास गर्दा पनि सम्पर्क हुन नसकेपछि सामाजिक संजाल अर्थात भाइवरमार्फत गरिएको कार्यक्रममा सस्थाद्वारा सामाजिक

व्याक्तित्व रायमाझीको सम्झना गर्दै उहाको सामाजिक योगदानको उच्च मूल्यांकन गर्दै दिवंगत आत्माको

चीरशान्तिको कामना तथा बैकुण्ठवासको कामनाका साथ एक मिनेट महुन धारणा गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो

विदेशी भूमिबाट भएपनि आफ्नो गाउठाउको सुखदुखमा सधै संगै छौ भन्ने आभास दिलाउन शोक सन्तप्त परिवारजन तथा समग्र समुदायको लागि यस्ता सस्कारहरुले सहयोग गरेको थापाको भनाइ छ

दुःखद घड़ीमा संस्था सम्पूर्ण परिवार र आफन्तको साथमा रहेको कार्यक्रममा उपस्थित महानुभावहरुले उल्लेख गर्नु भयको थियो ! ऑनलाइनमा संस्थाका वरिष्ठ तथा ज़िम्मेवार पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो !

रायमाझीको निधनले समाजमा अतुलनीय क्षेती पुगेको संग़ै सरल , अनुशासन र कर्मप्रति पूर्ण इमानदारीताको पाठ उहाबाट सिक्नु पर्ने सबैको तर्क रहेको थियो !

सल्लाहाकार श्री जीबलाल क़ाफ़्लेले राख्नु भयको मन्तव्यमा निकै सामाजिक कार्यमा सक्रिय र समाजसेबी सन्तानहरूको जन्म दिनु हुने ( खिम रायमाझी , लेख , ठग , टूङगा र दुर्गा रायमाझी ) जस्ता कर्मनिष्ठ र ईमान्दार व्यक्तिको कारणले हाम्रो संस्थामा उहाँ सदा अमर र स्मरिणय रहने उल्लेख गर्नु भयो ।

साथमा संस्थाका संरक्षक श्री दिलीप थापाले राख्नु भयको मन्तव्यमा सामाजिक कार्यमा उहाँको बिषेस योगदान रहेक़ो र संस्थाले एक ज़िम्मेवार अभिभावकलाई गुमाउनु परेको उल्लेख गर्नु भयो र परिवारलाई यस दुःखद घड़ीमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून भनि कामनाका साथ परिवारमा संस्थाको तर्फ बाट श्रदान्जली पत्र पठाउन लाग़्नु भयको समेत जानकारी गराउनु भयको थियो

त्यस्तै संस्थाका अध्यक्ष श्री बाबूराम खरेलले कार्यक्रमको अध्यक्षता संगै छोटो शोक मन्तव्य प्रस्तुत गर्नुभएको कार्यक्रमको संचालन सस्थाका महासचिव पुस्कर खरालले गर्नुभएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय