साना किसान  कृषि सहकारी लि मुसिकोट वडा न २,३ र ४ को अध्यक्ष मा छन्तेल चयन।

महेन्द्र घिमिरे मुसिकोट गुल्मी
साना किसान कृषि सहकारी लि को १५ औ साधारणसभा तथा ६औ अधिबेसन यहि २०७७/९/२२ देखि २७ गते सम्म विभिन्न स्थानमा गरिएको  थियो ।

कोभिड १९ को कारण जोखिम न्यूनीकरणको लागि यश पाली विभिन्न स्थानमा साधारणसभा गरिएको बताइएको छ।प्रत्येक अन्तर समूह बाट प्रतिनिधिको रुपमा आएका सदस्यहरुको आज बसेको बैठकद्वारा अध्यक्षमा हरि प्रसाद छन्तेल उपाध्यक्ष मा मधु मल्ल र अन्य ९ जनालाइ सदस्य पदमा राखिएको हो।

लेखा तथा सुपरिवेक्षण समितीमा संयोजक महेन्द्र घिमिरे सदस्यहरुमा बालकुमारी राकसकोटी र टेकहरी फुल्देललाई चयन गरेको छ।

सस्थाको आर्थिक बर्ष २०७६/७७ मा १,३३,९६,०७४९ बराबरको आय ब्यय भेलामा प्रस्तुत गरिएको थियोे ।

साथै साधारणसभामा जेष्ठ नागरिक सम्मान सफल ब्यबसायी सम्मान सफल कृषिक सम्मान लगायतमा राम्रो कार्य गर्नेलाइ सम्मान समेत गरेको थियो।२०६१ सालमा दर्ता भै कार्य संचालन गरेको यश सस्थामा ११५३ सेयर सदस्य रहेका छन

मुसिकोट नगरपालिका २,३ र ४ मा कृयाशिल रहेको छ। बचत तथा रिन कृषि उत्पादन पसुबिमा र रेमिटेन्स सेवा दिदै आएको यश सस्थाले यश आर्थिक बर्स बाट आफ्नो कार्यक्षेत्र भित्र १ घर १ सदस्य भन्ने नाराका साथ सबैलाइ समेट्ने गरि सदस्य बिस्तार गर्न , मासुजन्य बाख्रा पालन कार्यमा

लुम्बिनी प्रदेश सङ्ग मिलेर काम गर्ने, कृषि ज्ञानकेन्द्र तम्घास सङ्ग ५०/५० मा ४० लाख बराबरको रेसम खेती गर्ने,भेटनरी पसल दाना बिउबिजन र रासायनिक मलको डिलरसिपको रुपमा कार्य अगाडि बढाउने जस्ता कार्य गरिरहेको छ।

निर्वाचन मण्डलको सयोजक कर्ण बहादुर घर्तीको अध्यक्षता रहेको बैठकको सहजीकरण प्रबन्धक बिबेक पेमि मगरको रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय