महिला रास्ट्रपति हुदाहुँदै पनि हाम्रो देशमा नारि सुरक्षित किन कमजोर

गम्भीर खत्री क्षेत्री मुसिकोट ८ गुल्मी । महामहिम रास्ट्रपति विद्या देवि भण्डारी ज्यु, तपाईं त नारि रास्ट्रपति होइन र ??

प्रश्न गर्न मन लाग्यो तपाईं स्वयं महिला रास्ट्रपति हुदाहुँदै पनि हाम्रो देशमा नारि सुरक्षित नबन्नुको कारण के हो ! हिजो सम्म सभ्य समाज निर्माणका लागि आएका छौ भनेर आवाज दिनुभएको होइन र ??कति महान र सुन्दर छ मेरो देश यति सुन्दर हुदाहुदै पनि विडम्बना नारि कहिल्यै सुरक्षित र सुन्दर बन्न नसकेको

देश सुन्दर हुदाहुदै पनि किन कालो दाग लाग्दै छ ।कहिले बलात्कार त कहिले भ्रष्टाचार बाट जन्जिर भैरहेको हरेक गतिविधि हरू हामीले विभिन्न सन्चारका माध्यम बाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा निहाली रहेका छौ ।

यसरी बलात्कार , भ्रष्टाचार दैनिकी रूपमा बढेको देखिरहदा , कानुन बोकेको मेरो देश र संबिधान मा उल्लेख भएको कानुन र ऐन जलाउन मन लाग्छ ।

किन कि मेरा दिदीबहिनी ले न्याय पाइरहेका छैनन त्यसैले म अाज पिडित छु ।

हिजो सम्म न्याय को गफ लडाउने सिंहदरबार र बालुवाटार मा अाज बिश्व को मान चित्रमा हाम्रो देशले के सन्देश बोकिरहेको छ ।अाज हाम्रा दिदीबहिनी हरू ती नरपिचास को मुखमा यौनको सिकार बन्न बाध्य छन ।

कहिले निर्मला पन्त उखुको झाडिमा भेटिन्छिन त कहिले भागरथी भट्ट बन्मारा को झाडिमा बलात्कार र मृत्यु पछि खास किन ??. के देशमा संबिधान तथा ऐन कानुन नभएको हो र ? संघर्ष को मैदानमा भन्दा पनि पद र कुर्सी प्राप्तिको लागि आन्दोलन गरिरहदा कहिले नेपाल बन्द भैरहदा किन बलात्कारि बिरूद्धमा आन्दोलन हुदैन ।

महोदय कहिले बन्छ सभ्य समाज अनि कहिले आउँछ चेतना हामी नेपाली बिकासको धाक लगाउने यति कमजोर त निश्य पनि छैनौ होला नि ,

आजको युगमा आएर पनि पिंजडा मा थुनिन बाध्य भएका नारिहरू नारि स्वतन्त्रता माथि अौला ठडाइरहेको सरकार नारीको अस्मिता माथि खेलबाड गर्नेहरू का बिचमा अझै कानुन दिन नसक्नु दुखद कुरा हो ।

आफुलाइ न्याय को मालिक सम्झने हरूको आवाज ठुलो छ तर न्याय जिरो किन ??

कमजोर आफुलाइ देशको राजा सम्झने र बिकासको धाक लगाउने प्रधानमन्त्री उखान दिदैमा ब्यस्त किन ??

समृद्धि अरूले ल्याइदिने हो र ??
थाकिरहेका छन ती नयन कहिले निर्मला क‍ो न्याय को लागि रुदा त कहिले भागरथी भट्टको यादमा ती गन्तव्य हरू पनि अपुरा भए ती सपना पनि यादमा मात्र रह्यौ तर न्याय दिन सकेनौं हामी किनकि हामी कमजोर छौ ।

अाज बिश्वमा फरफराइ रहेको मेरो चन्द्र सुर्य चिह्न भएको झण्डा तर झुक्न बाध्य भयो ।

अब हामीले के अाश नै गर्न सक्छौ र बलात्कारि र भ्रष्टाचारि खुलेअाम नाचिरहेको देख्दा किन यो सरकारले बलात्कारि लाई फाँसी दिई बिश्व सामु सिर उच्च पार्न सकिरहेको छैन ।त्यसैले दिदीबहिनी हरू अब जाग्नु पर्ने बेला अायो अब आफ्नो स्वतन्त्रता को लागि उच्च कदम र उच्च बिचार चाल्ने

बेला अायो , उच्च कदम चाल्नु र त्यस्ता नरपिचासको मुखबाट बच्नु आजको आवश्यकता साथसाथै दायित्व पनि हो !!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय