गुल्मीको एक विद्यालयमा लामो समयदेखी शिक्षक नभएपछी विद्यार्थीले लेखे सामुहिक निवेदन

भुवन काफ्ले /मुसिकोट गुल्मी /नबखबरगुल्मीको मदाने गाउपालिकाको बाझकटेरिस्थित बाझकटेरी माध्यमिक विद्यालयमा लामो समयदेखी सामाजिक विषय पठनपाठन नहुदा विद्यार्थीलाई समस्या भएको छ ।

यो वर्ष कोरोनाको कारणले ढिलो गरि पठनपाठन सुरु भएको र त्यसैमाथी विद्यालयमा सबै विषयको पठनपाठन नहुदा आफुहरु मर्कामा परेको विद्यालयकि छात्रा हेम्पिना भुषालले नबखबरलाइ जानकारी दिनुभयो ।यसबारे विद्यार्थीहरुले सामुहिक रुपमा निवेदन लेखेर बुधबार विद्यालयमा बुझाइसकेका छन ।

सामुहिक निवेदनमा शैक्षिक सत्र सुरु भएको पाँच महिना बितिसक्दा पनि माध्यमिक तहमा सामाजिक विषय पढाइ नहुनु चिन्ताको विषय हो भनेर उल्लेख गरिएको छ ।

त्यस्तै निवेदनमा लामो समयसम्म सामाजिक विषय अध्यापन नभएको विद्यालयलाई अवगत नै छ

यसरी शिक्षक बिनाको पढाइ र परीक्षा असम्भव भएको भन्दै एस इ इ मा सबै विषयमा उत्तीर्ण हुने रहर सबै विद्यार्थीहरुलाइ हुनु स्वभाविक नै हो यी र यस्तै कारणले एउटामात्र विषयमा मात्र अनुत्तीर्ण हुनु पर्यो भने त्यतिबेलाको पीडा सदाका लागि नराम्रो छाप बन्छ भन्दै सामुहिक चिन्ता व्यक्त गरिएको छ ।

नजिकै आउन लागिरहेको एस ई इ परिक्षालाई समेत मध्यनजर गरि छिटोभन्दा छिटो सामाजिक विषय शिक्षक उपलब्ध गराइदिनुहुन भन्दै विद्यार्थीहरुले निवेदन लेखेर विद्यालयका प्रधानाध्यापक खिमबिक्रम सेन वलिलाइ बुझाएको विद्यार्थिहरुको भनाइ छ ।

विद्यार्थीहरुको सामुहिक निवेदनलाइ आधार मानेर त्यसबारे प्रधानाध्यापक खिमबिक्रम सेन वलिलाइ बुझ्दा विद्यार्थीहरुले सामुहिक रुपमा निवेदन लेखेर विद्यालय प्रशासनमा बुझाएको र आफुले यो विषयलाई पटकपटक गाउपालिकालाइ अवगत गराएपनी उक्त रिक्त कोटाको लागि

आवेदन भएर २ वटा उम्मेदवारको उम्मेदवारी दर्ता भएपनी गाउपालिकाले परीक्षा नलिएको कारण शिक्षक नियुक्ती हुन नसक्दा यस्तो समस्या आएको उहाको भनाइ छ ।

यस विषयमा विद्यालयको कमजोरी नभई गाउपालिकाको आफ्नो समस्याको कारण विद्यालय र विद्यार्थिहरुलाइ समस्या परेको प्रधानाध्यापक सेन वलिको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय