अर्काे पटक १० लाख जनता लिएर घेर्न आउन नपरोसः नेकपा बहुमत पक्षका अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा बहुमत पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुकुम्बासीलाई जग्गा आफूहरुले दिने बताउनुभएको छ ।

‘केपी ओलीबाट माखो पनि मर्दैन’ उहाँले भन्नुभयो, ‘सुकुम्बासीलाई हामीले दिन्छौँ जग्गा ।’गलत मान्छेको हातमा नेतृत्व गयो भने देश वर्वाद हुने भन्दै उहाँले अब त्यसप्रकारको गल्ती पनि हुन नदिने बताउनुभयो ।

केपीबाट सरेको अलिअलि धुलो मैलो पनि सफा गर्ने भन्दै उहाँले नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगर्न चेतावनी दिनुभयो ।

यो देशमा परिवर्तन ल्याउने व्यक्ति ओली नभएको उहाँको भनाई छ ।

‘अढाई सय बर्ष पहिले सामन्ती शासन फाल्ने केपी ओली होइन, माधव नेपाल झलनाथ, म लगायतको टिम हो, खेलाँची कसैले नठाने हुन्छ ।’ उहाँले भन्नुभयो ।

संवैधानिक निकायमा पुगेका व्यक्तिहरुले खेलाँची गरेको खण्डमा जनताले दुःख पाउने बताउनुभयो ।

अर्काे पटक १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउन नपरोस उहाँले भन्नुभयो, ‘यो लडाई हामीले जितेरौँ छोड्छौँ, केपी ओलीले भनेको नौटंकी चुनाव हुनेवाला छैन, भ्रममा नपरौँ ।’

नेपाली काँग्रेस र जसपालाई पनि भ्रममा नपर्न आग्रह गर्दै उहाँले यो चुनाव हुनेवाला नभएको बताउनुभयो ।

श्रोत ज्योतिन्यूज डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय