नेकपा प्रचण्ड-माधव समूहको आन्दोलनले काठमान्डौको सडक अस्तव्यस्त

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको आन्दोलनले काठमान्डौको सडक अस्तव्यस्त भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसंगै काठमाडौँ लगायतका मुख्य

शहरहरुमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

 

बुधबार प्रचण्ड माधव समूहले आयोजना गरेको शक्ति प्रदर्शनको कारण सढक अस्तव्यस्त बनेको हो ।

विरोध कार्यक्रमका कारण राजधानीको बालाजु, नयाँ बानेश्वर, माइतीघर

मण्डला, थापाथली, कुपण्डोल, बागबजार, पुतलीसडक, भद्रकाली, रत्नपार्क, गोंगबु, लगनखेल, बल्खु लगायतका क्षेत्रमा सवारी आगमन अस्तव्यस्त बनेको छ । कीर्तिपुरको टियू गेटदेखि नै सवारीको लाम रहेको छ ।

प्रदर्शनकारीको भिडभाडको कारण सवारी साधन आवागमन ठप्पप्राय अवस्थामा छ ।

ट्राफिक प्रहरीले सडक व्यवस्थापन गर्न मुख्य सडकबाट सवारी डाइभर्ट गरेर वैकल्पिक रुटहरुबाट पठाएको छ ।

त्यसैगरी गाडी नचलेका कारण कतिपय यात्रुहरुले हिडैरै काममा गइरहेका छन् । तर सडक मात्र नभएर जेब्रा क्रसमा समेत गाडीहरु रोकिएका कारण पैदल यात्रुहरुलाई पनि उत्तिकै सास्ती भएको छ ।

ट्राफिक प्रहरीका अनुसार पन्ध्र मिनेट सहज रुपमा सवारी गुड्न नपाएको घण्टामा डेढ घण्टा सम्म जाम हुने सम्भावना रहन्छ ।
श्रोत ज्योतिन्यूज डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय