आगामी निर्वाचनमा कम्तिमा ७ वटा वडाध्यक्ष जिताउछौ- वडाध्यक्ष काफ्ले

विष्णुप्रसाद आचार्य/भुवन काफ्ले मुसिकोट गुल्मी 

आगामी स्थानिय निर्वाचनमा आफ्ना पक्षका कम्तिमा ७ वटा वडाध्यक्ष जिताउने दाबी मुसिकोट नगरपालिकाका आर्थिक विकाश संयोजक तथा वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश काफ्लेले दाबी गर्नुभएको छ ।

पछिल्लो समय नेकपामा पार्टी विभाजनको असर गाउगाउमा परेसंग मुसिकोटमा पनि बिभिन्न गुटबन्दी गरेर भेला तथा बैठकहरु भएको

 

अवस्थामा सन्चार माध्यममा फरक फरक तरिकाले सुचनाहरु आउने गरेको स्थितिमा कुनैपनी तरिकाले समृद्धिको यात्रामा अगाडी बढीरहेको सस्थापन पक्षलाइ ९० प्रतिशत

भन्दा बढी सङ्गठित सदस्यहरुबाट समर्थन रहेको र सबै कार्यकर्ता यहि कुरामा ढुक्क भएको आफुलाइ महशुस भएको काफ्लेले जानकारी दिनुभयो ।

नेकपा केपि ओलि पक्ष मुसिकोटमा कमजोर छ भन्नेलाइ नगर कमिटिको बैठक डाकेर बहुमत पुराएर बैठैकको आधिकारिकता प्रस्तुत गर्न समेत वडाध्यक्ष काफ्लेले सम्बन्धित पक्षलाइ अनुरोध गर्नुभयो ।

लोकतन्त्रमा सबैलाइ आफ्नो मत व्यक्त गर्न पाउने अधिकार रहेकोले आज तत्कालै यो वा त्यो पक्ष बलियो छ भनेर दावी गर्नुभन्दा पनि समय र परिस्थितिले आवश्यकता महशुस हुदा कर्मद्वारा सिद्द गर्न आफुहरु सधैं तयार रहेको उहाको भनाइ थियो ।

लोकतान्त्रिक पद्धतिमा पार्टिहरु जुट्ने, फुट्ने अन्तरसंघर्ष गर्ने र पुनः आवश्यकताको आधारमा सहकार्य हुने भन्दै तत्कालका परिस्थितिहरु सबै निर्णायक नभएको उहाको दाबी रहेको छ ।

वर्तमान परिस्थितिमा नेकपा फुटको सङ्घारमा रहेको र मुसिकोट नगरपालिकाभित्र भएका गतिविधिलाइ अहिलेको अवस्थासङ्ग जोडेर नहेर्न समेत काफ्लेको आग्रह छ ।

आफुले सधै नागरिकको पक्षमा काम गर्ने भएकोले भिडभाडमा एक्लै भएपनी सधै सत्यको पक्षमा उभिने भएकोले सकारात्मक प्रयासको लागि चालिएका कदमहरुलाइ नेकपा फुटको मानसिकता सङ्ग नजोड्न समेत उहाले सम्बद्द सबैलाइ आग्रह गर्नुभयो ।

नबखबर सङ्गको कुराकानिकै क्रममा मुसिकोट नगरपालिकामा बन्न लागेको बहुउद्देश्यीय सभाहलको निर्माणको लागि लुम्बिनी प्रदेश सरकारबाट बिनियोजित ५० लाख बराबरको मोटो रकम नगरपालिकाले फ्रीज गर्ने गरि ।

गरेको निर्णयप्रती आफुलाइ गलत कदम भएको महसुस भएकोले वडा नम्बर ७ को कार्यालयबाट आधिकारिक रुपमा निर्णय गरि सो निर्णयको बिरोध गर्ने निर्णय गरेबमोजिम नागरिकको अधिकार रहेको मोटो रकमलाइ नष्ट हुन नदिन

नगरसभा चल्दै गर्दा २ घण्टा लामो समय सम्म गलत कदमको बिरोध स्वरुप उभिएरै दबाब दिएकोले आफ्नै सोही कदमले नगरपालिकाले बाध्य भएर रकम फ्रीज गर्ने निर्णय फिर्ता लिएको उहाको भनाइ छ, र यो नितान्त मुसिकोटवासिको

न्यायको लागि आफ्नो लडाइ रहेको र यसमा सबैको साथ रहेकोले सम्पुर्णलाई धन्यवाद समेत उहाले व्यक्त गर्नुभयो ।

हार गुहार गरेर पनि पाउन मुस्किल बजेट प्राप्त भैसकेको अवस्थामा समेत त्यसको रक्षा गर्न नसक्नु नगरपालिकाको कमजोरी रहेको उहाको भनाइ छ ।

अब भने नगरपालिकाले मुसिकोट नगरपालिकाको सभाहल ग्वादिकाचौर बनाउने गरि निर्णय समेत गरेको जानकारी उहाले दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय