वामीमा सञ्चालित विभिन्न पसल व्यवसायहरुमा सोमबार अनुगमन

सागर भण्डारी, गुल्मी । मुसिकोट नगरपालिका वडा नं ७ वामीमा सञ्चालित विभिन्न पसल व्यवसायहरुमा सोमबार अनुगमन गरिएको छ ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देही भैरहवाको आयोजनामा गरिएको अनुगमनका क्रममा अधिकाशं पसलले मुल्य सुची नै नराख्ने गरेको पाईएको छ ।

अनुगमनको जिल्ला प्रशाशन कार्यालय गुल्मी, उद्योग वाणिज्य सघं, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता संरक्षण मञ्च र जिल्ला प्रहरी कार्यालय लगायतका अन्य सघं संस्थाहरुले समन्वय गरेका थिए ।

वामीमा सञ्चालित २२ वटा किराना तथा खाद्यान्न पसल, फेन्सी पसल, हार्डवेयर पसल, होटल, फेन्सी पसलहरु मध्ये अधिकाशंले मुल्य सुची नै नराखेको पाईएको हो ।

त्यस्तै केही पसलहरुले व्यवसाय दर्ता नविकरण नगरेको, नापतौल प्रमाणित नगरेको, लेबलमा खुलाउनुपर्ने कुराहरु नखुलाएको, विक्री विल नदिने गरेको,एउटा व्यवसाय दर्ता गरी थुप्रै कारोबार गर्ने गरेको पाईएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका त्रिविक्रम ज्ञवालीले बताउनुभयो ।

पहिलो अनुगमन भएकाले त्यस्ता व्यवसायीहरुलाई पहिलो पटक सुझाव, सल्लाह सगैं कानुनी प्रावधानहरुका विषयमा जानकारी गराइएको भएपनि अबको अनुगमनमा कारबाहीको प्रक्रिया नै अगाडी बढाईने उहाँको भनाई छ ।

अनुगमनका क्रममा केही पसलहरुमा भेटिएका अखाद्य वस्तुहरु बरामद गरी प्रहरीको जिम्मा लगाईको छ ।

अनुगमनमा व्यवसायको विक्री स्थल, गोदाम लगायतको निरिक्षण गरिएको थियो ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देहीका अधिकृत आठौँ मित्रलाल ढकालले उपभोक्ताको अधिकार सुनिश्चितता र व्यापारीहरुको कर्तव्यको पालना गराउन अनुगमनले मात्रै सम्भव नहुने भएकाले उपभोक्ता आफै सचेत भएर सामान वा वस्तु खरिद गर्दा उपभोग्य मिति, उत्पादन समय, तौल लगायतका विषयमा जानकार हुनुपर्ने बताउनुभयो ।

त्यस्तै उहाँले अनिवार्य रुपमा बिल लिने र दिने बानीको विकास गर्न समेत आग्रह गर्नुभयो ।

अनुगमनमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देहीका अधिकृत आठौँ मित्रलाल ढकाल, राजकुमार घिमिरे, घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका रविलाल केसी, त्रिविक्रम ज्ञवाली, जिल्ला प्रशाशन कार्यालय गुल्मीका नेत्र पन्थी, उद्योग वाणिज्य सघं गुल्मीका जयराम पन्थी,गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंका अध्यक्ष सुदर्शन

शाक्य, सचिव गोपिकृष्ण खरेल, रेडियो पुष्पाञ्जलीका सचिव सुन्दर प्रधान लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय