विभाजित अवस्थामा अध्यक्ष भएपनी सबैलाइ मिलाएर लैजान्छु – अध्यक्ष सोमनाथ सापकोटा

विष्णुप्रसाद आचार्य / भुवन काफ्ले गुल्मी। गुल्मीको मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटा नेपाल कम्युनिस्ट पार्टी (माधव -प्रचण्ड) पक्ष गुल्मीको अध्यक्ष बन्नुभएको छ ।

सोही अवसरमा नबखबरसङ्ग कुराकानी गर्दै उहाले नेपाल कम्युनिस्ट पार्टीको विभाजित अवस्थामा नै भएपनी आफुलाइ गुल्मी जिल्लाको अध्यक्ष जस्तो ओझिलो पदको जिम्मेवारी दिनुभएकोमा सम्बद्ध सबैलाई धन्यवाद दिदै सबैकुरा मिलाएर लैजाने बताउनुभएको छ ।

पछिल्लो समयमा राजनितिक सस्कार बिर्सदै गएको वर्तमान अवस्थामा आफुले गुल्मी जिल्लाको नेकपाको नेतृत्व सम्हालेपछी राजनितिक सस्कारको विकासमा विशेष चासो दिन चाहेको उहाले बताउनुभयो ।

राजनितिक आस्था वा बिचार फरक फरक भएपनी राजनितिक सस्कार बिर्सन नहुनेमा उहाको जोड रहेको थियो ।

केही समय अगाडि गुल्मी जिल्लाको नेकपा एमालेको जिल्ला सचिव सम्हालिसक्नुभएका सापकोटाले आफू पहिले पनि जिल्लाको नेतृत्व लिन खोजेपनी सहमतिबमोजिम छोडेपनी समय परिस्थितिले फरक परिस्थितिमा भएपनी जिम्मेवारी पाएको र त्यसलाइ आफुले पदसङ्ग मात्र नभएर काम सङ्ग जोड्न चाहेको बताउनुभयो ।

आफू अहिले मुसिकोट नगरपालिकाको प्रमुख भएको र यसको समय धेरै बाकी नरहेकोले तत्पश्चात आफुलाइ जिल्लाका कामहरु गर्न सहज हुने र आफुलाइ त्यो कुरा रहर समेत रहेको उहाले बताउनुभयो ।

इतिहासमा गुल्मीको नेतृत्वमा राजनीतिक रुपमा मुसिकोट नगरपालिका रहेको क्षेत्रबाट सिमित ब्याक्ती मात्र शिर्ष पदमा पुगेको पाइन्छ । हाल सोमनाथ सापकोटा मुसिकोटको वामिबाट नेतृत्व सम्हाल्नुभएको हो ।

यसअघि नेपाली काङ्ग्रेसको तर्फबाट मुसिकोट नगरपालिकाको वडा नम्बर १ पौदिअमराइ अरेवाका सुरेशचन्द्र भुषाल पार्टी सभापति बन्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

काठमाडौं । नेकपाको असन्तुष्ट प्रचण्ड माधव पक्षले यही माघ २८ गते काठमाडौंमा आयोजना गरेको आमसभाको तयारी तिव्र बनाएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा रहेको यो समूहले २८ गते ‘हालसम्मै विशाल प्रदर्शन’ गर्ने जनाएको छ।

यसअघि प्रचण्ड–माधव पक्षले माघ ९ गते पनि काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो। २८ गतेको सभा माघ ९ गते नै कार्यक्रम रहेको स्थान, प्रदर्शनीमार्गमा गरिने केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार २८ गते माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशरमहल चोक, त्रिचन्द्र क्याम्पस लगाययतका क्षेत्रबा दिउँसो १२ बजे र्‍याली निकालिनेछ। त्यसपछि दिउँसो १ बजे सुन्धाराबाट मुख्य जुलुस निकालिनेछ।

सहसंयोजक भट्टराईले जनसभालाई व्यापक बनाइने दाबी गर्नुभयो। मुख्य रूपमा बागमती प्रदेशका विभिन्न जिल्लाबाट सहभागिता हुने उक्त सभामा देशका अन्य क्षेत्रबाट पनि अगुवा कार्यकर्ता सहभागी हुने उहाँले बताउनुभयो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको बागमती प्रदेश कमिटीले माघ २३ गते काठमाडौंको नारायणहिटी संग्राहलय अगाडि सभा गरेको थियो।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा राजनीतिक रूपमा विभाजित भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय