कफी प्रर्बतक हिरा गिरि स्मृति प्रतिस्ठान भवन शिलान्यास कार्यक्रम सम्पन्न

महेन्द्र घिमिरे ,नुसिकोट गुल्मी कफी प्रर्बतक हिरा गिरि स्मृति प्रतिस्ठान भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।

गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा न ५ आपचौरमा हिरा गिरि कफी नर्सरी बगैचा अन्तरगत भवन निर्माणका लागि आज एक समारोह बिच शिलान्यास कार्यक्रम सम्पन्न गरिएको हो।

गुल्मिको आपचौर मा जन्म भै रोजगारीको सिलसिलामा बर्मा पुग्नु भएका आपचौर निबार स्व हिरा गिरिले बि स १९९५ तिर बर्मा बाट नेपाल फर्कने

बेलामा कफीको बीउ लिइ आउनुभएको र उक्त बीउ जमाइ कफिको

बिरुवा सङ्गै नेपालमा पहिलो चोटि कफी उत्पादन गरिएको मुसिकोट नगरपालिका वडा न ५ का वडा अध्यक्ष भागिरथ खरेलले जानकारी दिनुभयो। हिरा गिरिका परिबारहरु हाल गण्डकी प्रदेशको चितवन जिल्लामा रहेको खरेलले बताउनु भयो

लुम्बिनी प्रदेशको आर्थिक बर्ष २०७७/०७८ को बिनियोजित बजेट रु बीस लाख बाट कफी प्रबर्द्धक हिरा गिरि स्मृति प्रतिस्ठानले भवन निर्माण गर्नेछ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश साम्सद माननीय खडक केसिले स्व हिरा गिरिले कफीको माध्यमबाट नेपाल अधिराज्य भर गुल्मीको आपचौर लाई चिनाउन योगदान पुरयाउनु भएको भन्दै उहाको सम्मान स्वरुप यो भवन निर्माण गर्न लागिएको बताउनु भयो।

कार्यक्रममा मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा , जीवन खरेल ले मन्तब्य राक्दै स्व हिरा गिरिको
उच्च प्रशंसा गर्दै उहाको योगदानको सम्म्मान गर्नुभयो।

कार्यक्रम कफी प्रर्बदक हिरा गिरि प्रतिस्ठानका अध्यक्ष पुर्ण भद्र सापकोटाको अध्यक्षता मुसिकोट नगरपालिका ५ का वडा अध्यक्ष भागिरथ खरेलको स्वागत मन्तबय रहेको कार्यक्रममा लुम्बिनी प्रदेश

साम्सद खडक केसि मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा उप प्रमु कमला शर्मा प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल , जीवन खरेल वडा अध्यक्ष वडा सदस्य लगायतको

उपस्थिति रहेको कार्यक्रमको संचालन राजेश गुरुङको रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय