माघ २८ गते हुने सभाका लागि प्रचण्ड–माधव पक्षको तयारी तीब्र

काठमाडौं । नेकपाको असन्तुष्ट प्रचण्ड माधव पक्षले यही माघ २८ गते काठमाडौंमा आयोजना गरेको आमसभाको तयारी तिव्र बनाएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा रहेको यो समूहले २८ गते ‘हालसम्मै विशाल प्रदर्शन’ गर्ने जनाएको छ।यसअघि प्रचण्ड–माधव पक्षले माघ ९ गते पनि काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो।

२८ गतेको सभा माघ ९ गते नै कार्यक्रम रहेको स्थान, प्रदर्शनीमार्गमा गरिने केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार २८ गते माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशरमहल चोक, त्रिचन्द्र क्याम्पस

लगाययतका क्षेत्रबा दिउँसो १२ बजे र्‍याली निकालिनेछ। त्यसपछि दिउँसो १ बजे सुन्धाराबाट मुख्य जुलुस निकालिनेछ।

सहसंयोजक भट्टराईले जनसभालाई व्यापक बनाइने दाबी गर्नुभयो। मुख्य रूपमा बागमती प्रदेशका विभिन्न जिल्लाबाट सहभागिता हुने उक्त सभामा देशका अन्य क्षेत्रबाट पनि अगुवा कार्यकर्ता सहभागी हुने उहाँले बताउनुभयो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको बागमती प्रदेश कमिटीले माघ २३ गते काठमाडौंको नारायणहिटी संग्राहलय अगाडि सभा गरेको थियो।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा राजनीतिक रूपमा विभाजित भएको छ।

यो पनि पढ्नुहोस्

काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा भोली (मंगलबार) बहस नहुने भएको छ ।

न्यायाधीश इन्द्रराज पाण्डेको निधनमा शोक मनाइने भएकोले भोली इजलास नबस्ने भएको हो ।

प्रधानन्यायाधीश चोलेन्‍द्रशम्शेर जबराले भोली शोक मनाउने भएकोले बहस नहुने जानकारी दिनुभयो ।

आइतवार सरकारी पक्षका अधिवक्ताहरुको बहस सकिएपछि सोमबारदेखि प्रधानमन्त्रीका कानून व्यवसायीले बहस थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय